Homeसमाचारयोगीविकाशानन्दको साथमा‘आफुलाई चिनौँ’कार्यक्रम हुँदै

योगीविकाशानन्दको साथमा‘आफुलाई चिनौँ’कार्यक्रम हुँदै

बिर्तामोड २२ चैत । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका दुई दर्जन बढी संघ संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
मानिसले तनाव मुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर मगर)ले जानकारी दिइन् । कार्यक्रममा गुरु डा. योगीविकाशानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोँचको विकास कसरी हुन्छ जस्ता महत्वपूर्ण जानकारी तथा उपायहरुका बारेमा प्रवचन दिने उनले जानकारी दिइन् । मानिसहरु विभिन्न तनाव, रोग, समस्याबाट ग्रसित हुँदा सफलतापूर्वक आफ्ना काम अगाडी बढाउन नसक्ने भएकाले डा. योगीविकाशानन्दको प्रवचनबाट लाभ लिन सकिने उनको भनाई छ ।
कार्यक्रम शनिबार विहान ७ देखि १०ः३० बजेसम्म बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा हुन लागेको मगरले जानकारी दिइन् । कार्यक्रममा सप्तक संगीत विद्यालयको दुई वटा सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न कलेज, सामाजिक संघसंस्था, सहकारी, बीमा कम्पनी, भजन कीर्तन मण्डली, टोल विकास संस्था आदि बाट तीनसय जनाभन्दा बढीको सहभागीता रहने आयोजकको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयोगीविकाशानन्दको साथमा‘आफुलाई चिनौँ’कार्यक्रम हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img