Homeसमाचारमेची उद्योग बाणिज्य संघकाे आर्थिक पुरस्कार भण्डारीलाई प्रदान

मेची उद्योग बाणिज्य संघकाे आर्थिक पुरस्कार भण्डारीलाई प्रदान

मेचीनगर २१ चैत । नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट भएकी छन् । 
पत्रकार भण्डारीलाई संघको १९ औं साधारणसभाको अवसरमा धुलाबारीमा आज आयोजित कार्यक्रममा नगद रु. २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो । कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले सम्मान पत्र प्रदान गर्नुभएको उक्त अवसरमा आर्थिक पत्रकारिता क्षेत्रमा पत्रकारी भण्डारीले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
राससको झापा कार्यालय प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएकी भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा कार्यरत छन् ।
संघले २०६९ सालदेखि आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पुरस्कार भद्रपुरका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएकाे थियो । 
सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद रु १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ । 
साधारणसभाको उद्घाटन कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले गरे । आजै उद्घाटन र बन्द सत्र सम्पन्न भएको छ । बन्द सत्रमा उद्योग वाणिज्य क्षेत्रका समस्या र तिनको समाधानका विषयमा छलफल भएको थियो ।
उनले कार्यक्रममा बन्दै गरेको एसियन हाइवेले विकासको थप ढोका खुल्ने सम्भावना बढेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश अध्यक्ष राउतले बताए। अध्यक्ष राउतले सरकारसँग तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईले भारतीय सीमावर्ती क्षेत्रमा जाँदा अझै पनि परिचय खुल्ने कागजात देखाउनु पर्ने झन्टझटिलो प्रवृत्तिलाई हटाउन बाणिज्य संघलाई पहल गर्न आग्रह गरे । उद्योग बाणिज्य संघले शिक्षा, स्वास्थ्य र खेलकुदमा पुर्याएको योगदानको चर्चा गरे ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतीय बजार गुल्जार हुँदा नेपाली बजार सुनसान हुने गरेको बताए। उनले स्थलमार्गबाट सिधै भूटान–बंगलादेश व्यापार गर्ने मुख्या नाका काँकरभिट्टा रहेको जानकारी दिँदै स्वदेशी बजारलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले भारतको पानीटेंकी सीमामा नेपालीलाई आउजाउमा गरिएको कडाईप्रति आपत्ति प्रकट गरे । उहाँले नेपाल सरकारले भारतीय पक्षसँग दह्रोसँग बार्ता गर्नुपर्ने सुझाव दिए ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले सबैभन्दा बढी उद्योगी व्यवसायी पीडित रहेको बताए । उनले भारतीय बजार गुल्जार हुँदा नेपाली व्यापारी व्यवसायीहरुले सटर खाली गर्नुपर्ने स्थितिमा पुगेको बताए। 
महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले सरकारको ढिकुटीमा पैसा थुप्रिए तापनि सत्ता परिवर्तनको खेल भइरहँदा सही सदुपयोग हुन नसकेको धारणा राखे।
झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्व प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्ष प्रसाईले संस्थाले बर्षभरि गरेका गतिविधिको बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची उद्योग बाणिज्य संघकाे आर्थिक पुरस्कार भण्डारीलाई प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img