Homeसमाचारसत्ता गठबन्धन फेरिदै, तीन मन्त्रीको आजै शपथ

सत्ता गठबन्धन फेरिदै, तीन मन्त्रीको आजै शपथ

झापा २१ फागुन । सत्ता गठबन्धन फेरिने निश्चित भएसँगै पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।
नयाँ सत्ता गठबन्धमा सहभागी दलमध्ये माओवादीले नुवाकोट–१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । उनी यसअघि युवा तथा खेलकुद मन्त्री थिए ।

यसैगरी एमालेबाट पर्वतका सांसद पदम गिरीले शपथ लिने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पनि मन्त्रीको शपथ लिनेछन् । अर्याल यसअघि श्रममन्त्री थिए । तीनै दलले पुरानै अनुहारलाई अघि सारेका हुन् । कुन मन्त्रालय कुन दलले लिने भन्ने टुङ्ग्याउन गठबन्धन दलका शीर्ष नेताको बैठक बस्दैछ । शपथ लिन लागेका मन्त्रीको पनि यो समाचार तयार पार्दासम्म मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसत्ता गठबन्धन फेरिदै, तीन मन्त्रीको आजै शपथ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img