Homeसमाचारसुखानी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

सुखानी दिवसमा हाजिरीजवाफ प्रतियोगिता


झापा २१ फागुन । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

गत फागुन १६ गते पार्टीका जनसंगठनहरुबीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच सोमबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो ।

यो वर्ष एमाले झापाले ५१औं सुखानी शहीद दिवसको सन्दर्भ पारेर सप्ताहव्यापी कार्यक्रम गरेको हो । सोही क्रममा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जिल्ला सचिव शिव ढुंगेलले बताए ।

हरेक टिममा ५–५ जना प्रतियोगी सहभागी भएको जिल्लास्तरीय प्रतियोगितामा दमक नगरपालिकाको टिम प्रथम, शिवसताक्षी नगरपालिकाको टिम दोस्रो र गौरादह नगरपालिकाको टिम तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई प्रोत्साहन स्वरुप क्रमशः दुई हजार ५००, दुई हजार र एक हजार ५०० नगदसहित ५–५ वटा डायरी, नुहाउने सावुन र टुथपेष्ट पुरस्कार प्रदान गरियो ।

सहभागी टिममध्ये शान्त एवम् अनुशासित टिमका रुपमा कचनकवल गाउँपालिकाको टिमलाई चयन गरी नगद एक हजार ५०० र ५ थान डायरी प्रदान गरिएको एमाले जिल्ला कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

उत्कृष्ट स्थान हासिल गर्ने टिमहरुलाई एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेरसहितका नेताहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दर्शकदीर्घामा रहेका नेता कार्यकर्ताहरुलाई अप्रतियोगी प्रश्न सोधेर गरेका थिए ।
पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित प्रतियोगितामा उद्घाटन मन्तब्य राख्दै पार्टी स्थायी कमिटीका सदस्य कार्कीले बहुमत नेपाली जनताको साथ लिएर नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न हालै सम्पन्न केन्द्रीय कमिटीले निर्णय गरेको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुखानी दिवसमा हाजिरीजवाफ प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img