Homeसमाचारबेलबारी दुर्घटनाका घाइते झापाका तीनजनाको निधन, दुई घाइते

बेलबारी दुर्घटनाका घाइते झापाका तीनजनाको निधन, दुई घाइते

बिराटनगर १८ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा भएको सवारी दुर्घटनामा झापाका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–२ का वर्षीय यदुकान्त भट्टराई (५२), सोही पालिका–४ की दीपा खनाल (४४) र बिर्तामोड नगरपालिका–२ का कृष्ण गजुरेल (३६) रहेका छन् ।
दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल र कृष्णको विराटनगरकै न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
घाइतेहरु कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ। घाइतेमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार मृतक र घाइते ५ जना नै बोलेरो जीपमा सवार थिए। दुर्घटनामा घाइते भएका उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरतर्फ पठाएको थियो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै जाँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबेलबारी दुर्घटनाका घाइते झापाका तीनजनाको निधन, दुई घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img