Homeसमाचारसामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुनः पाठक

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुनः पाठक

भद्रपुर १७ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाको पाँचौ अधिवेशन तथा साधारणसभाले पुनः दुर्गाप्रसाद पाठकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
बिहिवार चन्द्रगढीमा सम्पन्न सभाले उपाध्यक्षमा बाबुराम कार्की, महिला उपाध्यक्षमा मिरा सञ्जेल, सचिवमा खडगबहादुर बुढाथोकी, सह सचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
सदस्यहरुमा क्रमशः कृष्णप्रसाद पाठक, लालबहादुर चाहार, गंगा लिम्बू , कमला दाहाल पाठक , अनिता बिमली, दुर्गा निरौला, महेश न्यौपाने, शिला साह र शुशिला दाहाललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रहरीबाट अपराध मुक्त समाज निर्माणको समुदायले परिकल्पना गरेको बताउदै अपराध न्युनिकरणमा समुदायले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए।
सभामा वर्ष उत्कृष्ट संचालकमा खड्गबहादुर बुढाथोकी तथा केन्द्रलाई सहयोग गर्ने प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी सहायक हवलदार मनिषा अधिकारीलाई प्रशंसाा पत्रद्वारा सम्मान गरिएको थियो ।
दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा धनप्रसाद शिवाकोटीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी , भद्रपुर ७ ,९ र १० का वडाध्यक्षहरु अभिषेख ढुंगाना , राम दाहाल, टेकबहादुर खड्का ,बेकरी एसोसिएसन झापा अध्यक्ष नरबहादर गिरी, भिम पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिवाकोटी र स्वागत उपाध्यक्ष बाबुराम कार्कीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुनः पाठक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img