बिर्तामोड माघ । लायन्स क्लब अफ बिर्तामोड लेडी र बिर्तामोड नेपाली जुत्ता घरको संयुक्त आयोजनामा बिर्तामोड १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कूल ब्याग र जुत्ता वितरण गरिएको छ ।
आजका बालबालिका भोली देशका कर्णधार हुन् तसर्थ उनीहरुलाई शिक्षा आर्जन गर्ने क्रममा कुनै पनि कुनै पनि कुराको अभाव हुन दिनुहुन्न भन्ने अभिप्रायले स्कुल ब्याग र स्कुल जुत्ता वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न ब्याग तथा जुत्ताता वितरण गरिएको थियो । सो अवसरमा नगरपालिकाका उपमप्रमुख नगेन्द्रप्रसाद संग्रौला वडा नं.१० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेपाल फुटवेयरका नानीराज घिमीरे लगायत लायन्सकर्मी पत्रकार, शिक्षकको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ बिर्तामोड लेडी र नेपाली जुत्ता घरद्वारा विद्यार्थीलाई ब्याग र जुत्ता वितरण



















