HomeFeatured 2काफ्ले बन्धुको कोशी प्रदेश सम्मेलन सम्पन्न नयाँ नेतृत्व सर्वसम्मत

काफ्ले बन्धुको कोशी प्रदेश सम्मेलन सम्पन्न नयाँ नेतृत्व सर्वसम्मत

इटहरी माघ। काफ्ले बन्धुहरुको संस्कार, संस्कृति, परम्परा र इतिहासका राम्रा पक्षहरुको संरक्षण गर्दै बन्धु हित एवम् सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित काफ्ले समाजको कोशी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । शनिबार सुनसरी जिल्लाको इटहरीमा तदर्थ समितिले प्रथम सम्मेलनको आयोजना गरी सर्वसम्मत नेतृत्व गरिएको हो।
काफ्ले समाज १ नं. प्रदेश तदर्थ समितिका उपाध्यक्ष भोलानाथ काफ्लेको अध्यक्षतामा काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा प्रथम सम्मेलन सम्पन्न गरिएको हो । सम्मेलनमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको पूर्व क्षेत्रीय कार्यसमिति र २०७८ फागुन १७ गते गठन गरिएको १ नं. प्रदेश तदर्थ समितिले हालसम्म गरेका कामहरुको विवरण प्रतिवेदनका रुपमा प्रस्तुत गरिएको थियो ।
काफ्ले समाज १ नं. प्रदेश तदर्थ समितिका उपाध्यक्ष चतुर्भुज काफ्लेले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । सो पछि सुरु गरिएको निर्वाचन प्रक्रियाबाट काफ्ले समाज कोशी प्रदेश समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका सदस्य एवम् समाजका केन्द्रीय सदस्य हरिविनोद काफ्लेले बताए ।
जसअनुसार अध्यक्षमा सुनसरी जिल्लाका चन्द्रमणि काफ्ले, उपाध्यक्षहरुमा तेह्रथुमबाट भोलानाथ काफ्ले, झापाबाट दुर्गादेवी खनाल काफ्ले, पाँचथरबाट राजेन्द्रप्रसाद काफ्ले, उदयपुरबाट कुबेरकान्त काफ्ले र भोजपुरबाट निलहरि काफ्ले चयन भएका छन् ।
काफ्ले समाज कोशी प्रदेशको महासचिवमा झापाका शिवहरि काफ्ले र सचिवमा पुष्पलाल काफ्ले तथा सहकोषाध्यक्षमा सुनसरीका हरिप्रसाद काफ्ले सर्वसम्मत चयन भए ।
समाजको कोशी प्रदेश समितिका सदस्यहरुमा पाँचथरबाट सितादेवी काफ्ले, उदयपुरबाट निर्मला काफ्ले, इलामबाट बिष्णुप्रसाद काफ्ले, सुनसरीबाट कृष्णहरि काफ्ले र धिजनबाबु काफ्ले तथा झापाबाट चतुर्भुज काफ्ले र पोष्टप्रसाद काफ्ले सर्वसम्मत चयन भएका छन् ।
कोषाध्यक्ष (महिला) र एकजना सदस्य (महिला) खाली राखेर १६ जनाको नेतृत्व चयन गरिएको छ । २५ सदस्यीय प्रदेश समितिमा बाँकी रहेका पदहरुमा कार्यसमितिको बैठकले भूगोलसमेतलाई ध्यान दिएर नाम थप गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउनु पर्ने व्यवस्था रहेको केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक तोयानाथ काफ्लेले जानकारी दिए ।
सम्मेलनबाट निर्वाचित प्रदेश कार्यसमितिलाई समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्लेले विधानमा व्यवस्था भए अनुरुप सपथ ग्रहण गराएका थिए ।
सम्मेलनमा उपस्थित बन्धुहरुले उठाएका धेरै सवालहरु समेतलाई ध्यान दिएर काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्लेले काफ्ले थरहरुको एउटै घर हुनुपर्ने आवश्यकता औंल्याए ।
आजसम्म फरक फरक भूगोलमा काफ्ले थरका विभिन्न संस्था कायम रहेकाले अब सबैले एउटै घरमा बस्ने वातावरण मिलाउन आफू र आफूले नेतृत्व गरेको काफ्ले समाज सधैं तयार रहेको उनको भनाई थियो ।
आफूहरुले विभिन्न कालखण्डमा मोरङमा केन्द्रीय कार्यालय रहेको बन्धु कल्याण समितिसँग पनि सल्लाह गरेर एकताका लागि प्रयास गरेको जानकारी दिँदै उनले अरु क्षेत्रमा पनि काफ्ले थर जोडिएका केही संस्थाहरु दर्ता रहेकाले सबैलाई एउटै मालामा उनेर एकताको सन्देश दिन काफ्ले समाज सधैं तयार रहेको उनको प्रतिवद्धता थियो ।
काफ्ले समाज झापाका अध्यक्ष गोपाल काफ्ले र तदर्थ समितिका सचिव पुष्पलाल काफ्लेले सहजीकरण गरेको प्रथम कोशी प्रदेश सम्मेलनमा काफ्ले बन्धु कल्याण समितिका केन्द्रीय सदस्य लोकेन्द्र काफ्लेले बन्धुहरुको एकताका लागि कुनै समस्या नरहेकोले प्राविधिक कुराहरु केही नमिलेको भए मिलाउन सकिने बताए ।
सम्मेलनमा मन्तब्य राख्दै कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष ताराबहादुर काफ्लेले काफ्ले थरका आफ्ना आफ्नै भूगोलमा सामाजिक संस्थाहरु दर्ता भएर क्रियाशील रहेका तर एकीकरण गर्न कानूनी अप्ठ्याराहरु रहेका भए समन्वय समिति बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
सो समारोहमा काफ्ले बन्धु सेवा समाजका उपाध्यक्ष शालिग्राम काफ्ले, डिजिटल वंशावलीका निर्माता कुवेरकान्त काफ्लेले काफ्ले बन्धुहरुको उन्नयन र प्रगतिका लागि आफूहरुको तर्फबाट भइरहेका प्रयासहरुलाई अझै सशक्त बनाउने धाराणा राखेका थिए ।
काफ्ले समाजको सो सम्मेलनमा काफ्ले बन्धु सेवा समाज, काफ्ले बन्धु समाज र काफ्ले बन्धु कल्याण समितिबाट अतिथिका रुपमा सहभागी सबै वक्ताहरुले सबै एउटै सूत्रमा बाँधिएर काफ्लेको संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्नेमा एकमत देखिएका नवनिर्वाचित अध्यक्ष चन्द्रमणि काफ्लेले बताए ।
आफ्नो प्रतिवद्धता मन्तब्यमा उनले कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका काफ्ले वंशको विवरण संकलन गर्ने एवम् झापाबाट सुरु गरिएको काफ्ले समाज काल्याणकारी कोषको अवधाराणालाई आफ्नो कार्यसमितिले कार्यान्वयनमा लैजने बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काफ्ले बन्धुको कोशी प्रदेश सम्मेलन सम्पन्न नयाँ नेतृत्व सर्वसम्मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img