बिर्तामोड २१ माघ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले झापा जिल्ला अदालतको अवलोकन गरेका छन् । अवलोकनका क्रममा न्यायाधीश श्रेष्ठले झापा जिल्ला अदालमा मुद्दाको चाप फैसला लगायतका विषयमा जानकारी लिदै न्यायाधीश तथा कर्मचारीहरुलाई न्याय सम्पादनमा छिटो छरितो गर्र्न निर्देशन दिए।
भारतको बागडुग्राको एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शनिवार बेलुका झापा जिल्ला अदालतको निरिक्षण गर्दै प्रधान न्यायाधीश श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । सो अवसरमा झापाका मुख्य न्यायायाधीशले अदालतको बस्तुस्थितिबारे अवगत गराएका थिए । प्रधान न्यायाधिश श्रेष्ठले नेपाल बार एसोसिएसन झापाका कानून व्यावसायीहरुसंग संक्षिप्त भेटवार्ता गरेका थिए ।
भेटघाटका क्रममा बार अध्यक्ष नारायणप्रसाद भट्टराईले कानून व्यावसायीहरुले मुद्दाको चापका आधारमा झापा जिल्ला अदालतमा न्यायाधीश लगायतका कर्मचारी जनशक्तिको अभाव रहेको बताउँदै जनशक्ति आपूर्तिका लागि आग्रह गरे ।
साथै सर्वोच्च अदालतवाट जारी गरिएको बरिष्ठ अधिवक्ताको उपाधि नियुक्तिका विषयमा बारको असहमति रहेको जनाउँदै ज्ञापन पत्र समेत हस्तान्तरण गरे।
ज्ञापन पत्र बुझ्दै प्रधान न्यायाधीश श्रेष्ठले पुराना कानून व्यवसायीले काम र मूल्याङ्कनका आधारमा सबै कानून व्यवसायीलाई वरिष्ठको उपाधिका लागि दरखास्त दिन आग्रह समेत गरे ।
आफ्नो कार्यकालमा न्याय क्षेत्रको सुधार गर्दै अबको ३ महिना भित्रमा खुला प्रतिष्पर्धाका आधारमा सबै अदालतहरुमा थप न्यायाधीश पदपूर्ति गर्दै जाने समेत बताए । एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अशोककुमार पोखरेलले सर्वोच्च अदालतबाट बरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धमा निर्धारित मापदण्ड बदर गरी सो उपाधि संविधान र कानून सम्मत रुपमा हुनुपर्ने बताए। उपाधि कानून सम्मत हुनुपर्ने बारको अडान रहेको उनको भनाइ थियो ।
झापा जिल्ला अदालतलाई न्याय सम्पादनमा छिटो छरितो गर्न प्रधान न्यायाधिशको निर्देशन



















