Homeसमाचारकमल गाउँपालिका कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषित

कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषित

दमक २० माघ । झापाको कमल गाउँपालिका कोशी प्रदेशकै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगाशाला परिसरमा गाउँपालिकाद्धारा आयोजित घोषणा समारोहमा कमललाई बालमैत्री घोषणा गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशीला बालबालिकाको स्वास्थ्य शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले १० बर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्ती मिलाएको बताउँदै बालबालिकाहरु सुरक्षित नभए सम्म देशको भविष्य सुरक्षित नहुने मुख्यमन्त्री कार्कीको भनाई थियो ।
मुख्यमन्त्री कार्कीले प्रतिपक्षीहरुलाई इंगित गर्दै भने , मैंले सबै बालबालिका बिरामी हुँदा उपचार सेवा निःशुल्क पाउने व्यवस्था मिलाएर के गल्ती गरें ? उनले भौतिक पूर्वाधार निर्माणलाई मात्रै बिकास ठान्ने र सामाजिक बिकासमा ध्यान नदिए देश सधैं पछि पर्ने उल्लेख गरे ।
ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, कुल मन्दिर आदिको लागि बजेट माग गरिनु राम्रो नभएको बताउँदै त्यस्ता संरचनाहरु सम्बन्धित सरोकारवालाहरुको आफनै प्रयासबाट बनाइनु पर्ने आफनो धारणा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पूर्वाधार बिकास भन्दा नागरिकहरुको सामाजिक र संवेगनात्मक बिकासमा जोड दिए ।
कार्यक्रममा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका सचिव सचिव लक्ष्मीप्रसाद भट्टराईले स्थानीय तह मध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बाल मैत्री स्थानीय तह र गाउँपालिकाहरु मध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी दिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुगं, कमल गापाकी पूर्व अध्यक्ष मेनुका काफ्ले प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिइन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धिको प्रतिवेदन पेश गर्दै कमल गाउँपालिकाको कूल जनसंख्याको २९ प्रतिशत बालबालिका रहेको जानकारी दिंदै शाब्यले बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पुरा भए नभएको तथ्याकं लिइएको बताए । उनका अनुसार बालमैत्री गाउँपालिका घोषणाका लागि कमलमा २०७७ सालदेखि प्रयास हुँदै आएको थियो । यसका लागि जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, बाल सहजकर्ता, अभियानकर्मीहरु लगायतको भूमिकाको प्रशंसा गरे ।
कमल बाल सञ्जालका बालबालिकाहरुले उद्घोषण गरेको सो घोषणा कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत बिद्यालयहरुमा क्रियाशील बाल क्लबका बालबालिकाहरुले देशभक्ती, बाल सचेतनामुलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकमल गाउँपालिका कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img