Homeसमाचारसमुदायमा कांग्रेस अभियानका प्रतिनिधिलाइ अभिमुखीकरण कार्यक्रम

समुदायमा कांग्रेस अभियानका प्रतिनिधिलाइ अभिमुखीकरण कार्यक्रम

विर्तामोड १८ माघ । समुदायमा कांग्रेस अभियानका लागि झापाका १३१ वटै वडामा खटिएका जिल्ला प्रतिनिधिहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आज जिल्ला पार्टी कार्यालय विर्तामोडमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं अभियानका लागि झापा प्रतिनिधि मधु आचार्यले सहजीकरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले समुदायमा कांग्रेस अभियान अन्तरगत महामन्त्री गगन थापाको नेतृत्वमा झापादेखि कञ्चनपुरसम्म २१ जिल्लामा हुलाकी मार्गमा समुदायसँग रिले संवाद एवं देशभरका ६ हजार ७ सय ४३ वडामा माघ १३ देखि २६ गतेसम्म समुदायमा पुगेर सुझाव संकलन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।
पार्टीका केन्द्रदेखि जिल्लासम्मका पदाधिकारी, सदस्य एवं पूर्व पदाधिकारी÷सदस्य, महाधिवेशन प्रतिनिधिहरु वडा–वडाका समुदायसम्म पुगेर नागरिकसँग अन्तरसंवाद गरी गुनासो, सुझाव र अपेक्षा संकलन गरेर पार्टीको नीति तथा योजनामा समेटिने उहाँले बताउनुभयो ।
अभियानका क्रममा सुझाव संकलनसँगै कांग्रेसलाई समुदायसम्म पु¥याउँने, सेवा प्रवाह, विकास निर्माणको अवलोकन, पार्टी तथा सरकारसँग जनताको अपेक्षा समेटेर नीति कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुको अभिलेखीकरण गरिने आचार्यको भनाइ छ । जस अन्तरगत होटल, पसल, चौतारीमा खुल्ला छलफल चलाउने, विभिन्न पेशामा आबद्ध पेशाकर्मीसँग साम्ुहिक छलफल, विद्यालय, कलेज, अस्पताल, विकास निर्माण योजना, कृषि, रोजगारी, उद्यमशिलताको योजना अवलोकन, सेवाग्राहीसँग संवाद, जनप्रतिनिधिसँग अन्तरक्रिया एवं बृक्षरोपण, सरसफाई, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान जस्ता रचनात्मक कार्यक्रमहरु तय गरिएको पनि आचार्यले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अभियानलाई सफल बनाउन सबै प्रतिनिधिहरुलाई तोकिएको वडामा पुगेर अधिकतम जनताका सुझाव संकलन गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन पार्टी सचिव कृृष्ण हुमागाइले गर्नुभएको थियो ।
अभियान अन्तरगत झापामा यही माघ २२ गते नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका लागि झापा संयोजक डा. शेखर कोइरालासँग नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा दिनको १० बजे एवं माइपूर्व क्षेत्रका लागि जिल्ला पार्टी कार्यालयमा दिउँसो १ बजे अन्तरसंवाद कार्यक्रम तय गरिएको छ । यसैगरी माघ २४ गते जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिहरुको सक्रियतामा सबै वडामा पुगेर जनताको सुझाव संकलनको कार्यक्रम तय गरिएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसलाई समुदायसँग जोड्दै जनताका गुनासो र सुझावलाई पार्टीको नीति एवं योजनामा समेट्ने उद्देश्यले समुदायमा कांग्रेस अभियान गत माघ १३ गतेदेखि शुरु भएको हो । पार्टीका पूर्व सभापति सुशिल कोइरालाको स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते अभियानको समापन गरिने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमुदायमा कांग्रेस अभियानका प्रतिनिधिलाइ अभिमुखीकरण कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img