Homeसमाचारहुलाकी सडकमा उठेका सवाल: कुलपति नियुक्तदेखि विहेदर्ताको उमेर घटाउने सम्म

हुलाकी सडकमा उठेका सवाल: कुलपति नियुक्तदेखि विहेदर्ताको उमेर घटाउने सम्म

रेजिना गौतम
झापा माघ ।
संवाद यात्रामा निस्किएको प्रारम्भमै मेची क्याम्पसमा भएको छलफलमा त्रिभूवन विश्व विद्यालयको उपकुलपति नियुक्तिमा राजनीति गर्नु नहुने सुझाव आयो । थापा समक्ष त्रिभूवन विश्व विद्यालयको उपकुलपति नियुक्तिदेखि विवाह दर्ताको कानून संशोधन गरी उमेर घटाउनुपर्नेसम्म सुझाव दिए ।


मेची क्याम्पसमा भएको छलफलमा उपकुलपति नियुक्तिमा फेरिपनि राजनीति भए मातहतका क्याम्पस नरहने भन्दै उपकुलपति नियुक्तिमा राजनीति हुन नदिन सुझाव दिएका थिए ।
शनिबार विहान झापाको भद्रपुरस्थित मेची क्याम्पसमा अवस्थित राम थापाको शालिकमा माल्यार्पण गरेर औपचारिक/अनौपचारिक रुपमा भेटघाट र छलफलमा जुटेका थापा नेतृत्वको टोलीलाई मेचीपुलदेखि हुलाकी सडक हुँदै झापा–मोरङको सिमानाकासम्मको यात्रामा स्थानीयले जंगलीहात्तीको पीडा समस्या र समाधान, पर्यापर्यटनका क्षेत्रमा संभावना र अधुरा निर्माण सम्बन्धी काम, नेपाल भारत सीमा क्षेत्रका समस्याहरु, नदी कटान लगायत विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराए ।
पार्टीभित्रको अन्तरविरोध, बुढ्यौली पुस्ताको अबको बाटो र आश लाग्दा युवा नेताले काम गर्न नसक्नुको कारणको जवाफ खोजेका कार्यकर्ता र नागरिकले पार्टी संरचनामा देखिएको निराशापनबारे समेत सुझाव राखे ।
साथै पार्टीभित्र जनप्रतिनिधि र कार्यकर्ताबीच देखिएको समस्या, जनप्रतिनिधि एवं पार्टी प्रतिनिधिले बुँदागत रुपमा सो भेगका समस्याहरुबारे ध्यानाकर्षण गराए । सो क्रममा साविक महाभाराका १५ परिवारका लगभग १२५ विगाहा जग्गा सर्वस्व हरण, विद्यालयमा दरबन्दी थप, मेडिकल शिक्षा, अस्पतालमा चिकित्सक तथा उपकरणको व्यवस्थापन लगायतका समस्या राखेका छन् ।


जनताले दिएका सुझाव र विषयवस्तु टिपोटका लागि छुट्टै टिम समेत लिएर यात्रामा निस्किएका छन् ।
नेपाल–भारत सिमा नाका अन्तरगत दक्षिणी सिमानाकामा रहेका छोटी भन्सार सञ्चालनमा ल्याइदिन सो क्षेत्रका जनताले माग गरेका छन् ।
भद्रपुरको मेची पुलबाट कांग्रेस महामन्त्री गगनकुमार थापाको नेतृत्वको टोली समक्ष नागरिकहरुले भोगीरहेका समस्या, बिकास निर्माण, र सुशासनको बिषयमा ध्यानाकर्षण गराएका हुन् ।
खुल्ला संवादमा सहभागी जनताले छोटी भन्सार सञ्चालन र हुलाकी सडक अन्तरगतका पुल निर्माणमा खबरदारी गरेर काम अघि बढाइदिन माग गरे ।
झापाको झापा गाउँपालिका–२ मा महामन्त्रीसहितको टोलीलाई आफ्ना समस्या सुनाउन भेला भएका जनताले छोटी भन्सार सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे । भन्सार सञ्चालनमा ल्याउँदा राज्य र नागरिक दुवैलाई हित हुने उनीहरुको ठम्याई छ ।


मुस्लिम समुदायले मदरसालाई सामुदायिक विद्यालय सो सरह मान्यता दिलाउन पहल गरिदिन आग्रह गरेका मुस्लिम समुदायले बाबु वा आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न र नागरिकता, जन्मदर्ता, विवाह दर्ता मृत्यु दर्तामा जन्ममिति र उस्तै उस्तै नामका कारण समस्या भएको भन्दै कानून संशोधनका लागि आवाज उठाइदिन आग्रहसहितको ज्ञापनपत्र नै बुझाए ।
उल्लेखित बुँदासंगै विवाह दर्ताको २० वर्षे उमेर हद सच्याइदिन पहल गर्न आग्रह गरेका झापा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सकिचन ठाकुरले कारणसहित संशोधनको माग गरे । विवाह दर्ताको वर्तमान व्यवस्थालाई संशोधन गरी १५ वर्षमा झार्न भूमिका खेल्न आग्रह गरे । कृषिमा निर्भर हुलाकी सडक आसपासका स्थानीयले खेतीबालीमा हाल्ने मल नपाउँदा ठूलो हैरानी व्यहोर्नु परेको गुनासो गरे । जग्गाको अनुपातमा आवश्यकता अनुसार समयमै मल उपलब्ध गराउन ध्यानाककर्षण गराएका किसानले सरकारले उपलब्ध गराउन नसके किसानले जोहो गर्दा दुःख दिनु नहुने उल्लेख गर्दै त्यस्तो वातावरण मिलाइदिन आग्रह गरे । ‘जग्गा अनुसार समयमै खेतीबालीमा लगाउन पुग्ने मलको व्यवस्था सरकारले गरोस्, सरकारले गर्न सक्दैन भने किसानले बैकल्पिक बाटोबाट जोहो गर्दा प्रशासनले दुःख दिनु भएन ।’ किसानले मल नपाउने समस्य उनीहरुले साझा सवालका रुपमा उठाए । किसानले मल नपाउने समस्याका बारेमा उनीहरुले थपे–‘कि मल देउ, सक्दैनौं भने किसानलाई पीडा नदेउ । भन्सार नाका सञ्चालनमा ल्याउ, हामी भन्सारको नियमानुसार मल ल्याउन पाउने व्यवस्था गर ।’


स्थानीयले हुलाकी सडक अन्तरगत कनकाईको पुल समयमा निर्माण सम्पन्न नहुँदा परेका समस्या दर्शाउँदै चाँडो निर्माण सम्पन्न गर्नका लागि भूमिका खेल्न आग्रह गरे ।
झापा गाउँपालिका अन्तरगत साविक कुमरखोद गाविसमा अवस्थित छोटी भन्सार विगत लामो समयदेखि बन्द छ । भन्सार बन्द भएसंगै सिमानाकाबाट नजिकै रहेको भारतीय बजारबाट हुने बैधानिक आयात बन्द भएको छ । नेपाल सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसक्दा सो क्षेत्रका किसानले भारतीय बजारबाट अबैध रुपमा मल ल्याउने गरेका छन् ।


भन्सार सञ्चालनमा नभएपनि सिमा सुरक्षाकर्मी रहेको उक्त नाकाबाट किसानले खेतबारीमा लगाउनका लागि मल ल्याउँदा सुरक्षाकर्मीले मल नियन्त्रणमा लिने गरेको भन्दै मलको व्यवस्था गर्न भन्सार सञ्चालनको वातावरण मिलाउन माग गरेका हुन् ।
गौरीगञ्ज १ का वडाध्यक्ष कात्तिकलाल राजवंशीले खजुरगाछीमा अवस्थित लसुना नाका सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । दक्षिणी भेगका जनताको समृद्धि छोटी भन्सार र हुलाकी सडकका पुलसंग जोडिएको बताउँदै उनले भने–‘भन्सार सञ्चालनमा आउनु पुल बन्नु हो भने गौरीगञ्जका जनताको समृद्धि यसैमा जोडिएको छ ।’
द्वन्द्वकालदेखि आठमौजा छोटी भन्सार कार्यालय अलपत्र पर्दा नागरिकले भोग्नु परेको समस्याबारे गौरादहका निवर्तमान मेयर रोहित राजवंशीले ध्यानाकर्षण गराए । भन्सार सञ्चालनमा ल्याए नागरिकहरुले कर तिर्न तयार रहेको बताउँदै राजवंशीले भन्सार नभएको कारण आवतजावत तथा सामान ओसारपसार गर्न गाह्रो भएको भन्दै यथासिघ्र सञ्चालनका लागि पहल गर्न ध्यानाकर्षण गराए । भन्सार कार्यालय नहुदाँ बजार ठप्प भएको र आर्थिक मन्दी आएको स्थानीय मखना महतोले सुनाए ।
पशुविमा, दुग्ध व्यवसायको बजारको व्यवस्थापन, कृषि ऋणको दायरा र अवधी बढाउन, कृषि उपकरण खरिदका लागि शुन्य भन्सारमा पाउने संसदमा आवाज उठाइदिन स्थानीयले अनुरोध गरे ।
किसानका कुरालाई तत्काल सम्बोधन गर्दै महामन्त्री थापाले–‘सरकारले समयमै मल उपलब्ध गराउनुपर्नेमा जोड दिंदै महामन्त्री थापाले मल दिन नसके किसान आफैंले मलको व्यवस्था गर्दा अवरोध खडा गर्न नहुने बताए । उनले भने–‘सरकारले आफूले गर्ने काम समयमा गर्न सक्दैन भने किसान आफैंले व्यवस्था गर्दा प्रशासनका डण्डा चलाउनु हुँदैन ।’


व्यवस्था परिवर्तन भएपनि जनताका समस्या समाधानमा अवस्था परिवर्तन नभएको भनेर निराश बनेका जनतालाई आश्वस्त पार्दै थापाले राजनीतिकर्मीको गति र मति सुध्रिन जरुरी रहेको बताए । उनले भने, ‘अबको २० वर्षपछि देशलाई पनि बुढ्यौलीले छुन्छ, त्यसैले यो समयमा देशलाई समृद्ध र बलियो बनाउने काम हामीबाटै हुनुपर्छ ।’ उनले थपे, ‘युद्धमा छैनौं, हाम्रो गति र मति ठिक नभएको हो, गति र मति सुधारेर समुदायलाई विश्वासमा लिएर काम गर्नुपर्छ ।’
सधैं भाषण र आसनमा केन्द्रित हुनुभन्दा स्थानीयको समस्या सुन्दै संवाद यात्रा शुरु गरेका थापाको यात्रा हुलाकी राजमार्गलाई केन्द्रित छ । यात्रा संवादमा भुँई तहका जनताका कुरा सुन्ने अभियान छ । पार्टी कार्यकर्ता र नागरिक तहमा पनि आशलाग्दा नेताका रुपमा रहेका थापा संसदमा सत्तासिन दलकै सांसद भएपनि विषयबस्तु अनुसार पक्ष र विपक्षमा कुरा राख्न सक्ने व्यक्ति भएका कारण यात्रा संवादमा आफूहरुले राखेका समस्या समाधानका लागि पहल हुनेमा जनता आशावादी देखिए ।
सधैं राजमार्ग आसपास मात्र हुने राजनीतिक दलका कार्यक्रमबाट अलग रहेर कांग्रेस महामन्त्री गगनकुमार थापाको अगुवाईमा हुलाकी मार्ग केन्द्रित रह्यो । झापाको भद्रपुरबाट शुरु भएको संवाद यात्रा महाकालीमा पुगेर टुङ्गिने छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहुलाकी सडकमा उठेका सवाल: कुलपति नियुक्तदेखि विहेदर्ताको उमेर घटाउने सम्म
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img