Homeसमाचारनैतिक पतन भएकाे व्यक्ति काङ्ग्रेस हुन सक्दैन - केन्द्रीय सदस्य आचार्य

नैतिक पतन भएकाे व्यक्ति काङ्ग्रेस हुन सक्दैन – केन्द्रीय सदस्य आचार्य

मेचीनगर १६ माघ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन् ।

सहिद सप्ताहको अन्तिम दिन मंगलबार (आज ) झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए।

“हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा सम्लग्न व्यक्ति काङ्ग्रेसको नेता हुनैसक्दैन” उनले भने,” पार्टीमा गुट महारोग भएको छ,समयसँग चल्ने र नैतिकवान नेतृत्व निर्माण गर्न नसके काङ्ग्रेस थप कमजोर हुनबाट जोगाउन सकिन्न।”

उनले दाजु -भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रेको तथा जनताको बन्न नसकेको टिप्पणी गरे। “हिजो बाजेहरुले चलाए जसरी अब पार्टी चल्दैन” आचार्यले भने,” हिजो जसरी पार्टी कब्जा गरियो, सदस्यता बाडियो, त्यो बन्द गरिनु पर्छ।”

आवश्यक परे सभापतिको कार्यकाल २ वर्षको बनाउनु पर्ने र सबै ठाउँमा खुल्ला मतदान गर्ने व्यवस्था गर्न सके काङ्ग्रेस रुपान्तरण हुने उनको निष्कर्ष छ। उनले काङ्ग्रेस सुधार्न एबिसीडीको फर्मुला अवलम्बन गर्नु परेमा जोड दिए । नयाँ संकल्प र अठोटले काङ्ग्रेस रुपान्तरित विश्वास व्यक्त गरे।

कार्यक्रम सहिद विश्वनाथ प्रतिष्ठानले आयोजना गरेको हो। बिपी कोइराला, गणेशमान सिंहका विश्वासपात्र तथा बाहुनडाँगीका जनपक्षीय प्रधानपञ्च घिमिरेको २०१९ साल जेठमा तत्कालीन शाही सेना गोली हानेर हत्या गरेकोथियोे ।

काङ्ग्रेसले चलाएको रणनीति आन्दोलन सरिक घिमिरेले शसस्त्र क्रान्तिमा जुटेका काङ्ग्रेस नेतालाई त्यसबेला हतियार समेत दिएका थिए । मेचीनगर नगरपालिकाले हाम्रो मेचीनगर भन्ने कक्षा -७ को पाठ्यपुस्तकमा विश्वनाथ घिमिरेको जीवनी समेटेको छ।

प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, उपाध्यक्ष नवीन बराल, सचिव निरज घिमिरे, कोशी प्रदेश सांसद गोपाल तामाङ, काङ्ग्रेस कोशी प्रदेश सदस्य शोभा श्रेष्ठ, काङ्ग्रेस प्रचार विभागका केन्द्रीय सदस्य लोकराज ढकाल, झापा १ का काङ्ग्रेस सभापति इन्द्र बुढाथोकी, मेचीनगर सभापति सुवेश पनेरु लगायतले बोलेको कार्यक्रममा प्राध्यापक पुष्पराज पौडेलले घिमिरेको जीवनीका बारेमा प्रष्ट्याएका थिए।

आज झापाका आठ स्थानमा त्यसप्रकारका कार्यक्रम भएका छन् । बिपी कोइरालाको शालीक रहेको स्थान चन्द्रगडीसहित शान्तिनगर, बालुवाडी, खगुरगाछी, अर्जुनधरा, भद्रपुर, कन्काई, लक्ष्मीपुर लगायत स्थानमा कार्यक्रम भएको हो।

सबै वडामा एकैपटक काङ्ग्रेस भन्ने नाराका साथ समुदायमा काङ्ग्रेस अभियान झापामा सहिद दिवसको अवसर पारेर सुरुसमेत गरिएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनैतिक पतन भएकाे व्यक्ति काङ्ग्रेस हुन सक्दैन - केन्द्रीय सदस्य आचार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img