HomeFeatured 2शहिद दिवसको अवसरमा विविध कार्यक्रम,समुदायमा कांग्रेस अभियान शुभारम्भ

शहिद दिवसको अवसरमा विविध कार्यक्रम,समुदायमा कांग्रेस अभियान शुभारम्भ

बिर्तामोड १६ माघ । शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेस झापाले जिल्लाका १० वटा प्रदेश निर्वाचन क्षेत्रका १० स्थानमा विभिन्न कार्यक्रम गर्नुका साथै आजैबाट समुदायमा कांग्रेस अभियानको समेत शुभारम्भ गरेको छ ।
बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका योद्धा सिके प्रसाईको योगदान विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ ।

बुटन चौधरीको शालिकमा माल्यापर्ण गर्दै कालेन्द्रसिंह राजवंशी


सिके चिन्तन प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत उमा शिवाकोटी र सञ्चालन लक्ष्मीप्रसाद आचार्यले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि जलकुमार गुरुङ, रन्जिता कार्की, पुष्पलाल चौधरी, विष्णु खरेल, भोजराज सिटौला, बासु अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।
अभियान अन्तरगत अर्जुनधार ११ मा आयोजित कार्यक्रमका बीच सहिद बुटन चौधरीको शालिकमा माल्यापर्ण गरिएको बताइएको छ ।


अर्जुनधारा नगरसभापति हेमराज खरेलको अध्यक्षता तथा कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजवंशी, दिपक तामाङ, दिपेन्द्र ढकाल, गोेपाल चौधरी, मिनु ओली लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रशान्त भण्डारीले गरेका थिए भने स्वागत जगतबहादुर बस्नेतले गरेको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सचिव जयप्रसाद दाहालले जानकारी दिए ।
नागरिकको भावना बुझ्ने अभिप्रायले कांग्रेसले आजैदेखि समुदायमा कांग्रेस अभियान शुरु गरेको हो । उक्त कार्यक्रम झापामा माघ २६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शहिद दिवसको अवसरमा विविध कार्यक्रम,समुदायमा कांग्रेस अभियान शुभारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img