Homeसमाचारबन्दी विकास पुस्तकालयको बार्षिकोत्सव सम्पन्न

बन्दी विकास पुस्तकालयको बार्षिकोत्सव सम्पन्न

भद्रपुर १६ माघ । सहिद दिवसको सन्दर्भमा बन्दी विकास पुस्तकालय जिल्ला कारागार झापाले बृहत् सांस्कृतिक कार्यक्रम सहित पुस्तकालयको २७ औं बार्षिकोत्सव तथा २६ औं साधारणसभा सम्पन्न गरेको छ
। कारागार प्राङ्गणमा मंगलवार आयोजित कार्यक्रमको उद्घघाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशमा सुधार गृहको विस्तार गर्नु भन्दा बन्दी भएर कारागार आउनु पर्ने परिस्थितिको अन्त गर्नुपर्ने बताए ।
बन्दीहरुले विगतको गल्तीको प्रायश्चित गर्नु पर्नेमा जोड दिदै बन्दीहरुका समस्याहरु प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने बताए ।
कार्यक्रममा बोल्दै कारगार प्रमुख मोहनलाल पनेरुले ७०० को क्षमता रहेको झापा कारागारमा हाल महिला पुरुष गरि १६०० भन्दा बढि बन्दीहरु रहेका र उनीहरुबाट निस्कने फोहोर व्याबस्थापनमा चुनौति रहेको बताए ।
पुस्तकालय का सचिव रमेश पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सरकाले बन्दिहरुलाई प्रदान गर्दै आएको दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाले अहिले सन्दर्भमा सुविधा अपुग भएको बताउदै सुविधा बढाउन माग गरे ।
आचरणको आधारमा कैद छुटको व्यवस्था गर्दै हचुवाको भरमा कारागार पठाईने प्रवृतिको अन्त हुनुपर्ने बताउदै उनले पुस्तकालयको बार्षिक कारोबार र गतिविधिका वारेमा अवगत गराएका थिए।
कार्यक्रममा संघीय सांसद लालबहादुर (एलपी) साँवा, प्रदेश सांसद गोपाल तामाङ, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई लगायतले बोल्दै कारागारलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालय का अध्यक्ष मनोज लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत अभिरमण्डु माझी र संचालन सचिव पोखरेल र मेरिना तुम्साले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद लायतका सहयोगीहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओढएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजाराम पोखरेल,सविन राई,अस्मिता अधिकारी लगाएतले आ आफ्ना कला प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबन्दी विकास पुस्तकालयको बार्षिकोत्सव सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img