विराटनगर ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएका छन् । बिराटनगरमा आज सम्पन्न कोशी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुको सम्पन्न मत परिणाम अनुसार कांग्रेस नेता सिटौलाले ५२९२ र एमालेकी कोइरालाले ५०८६ मतभार प्राप्त गर्दै निर्वाचित भएकी हुन ।
सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका सिटौला र माओवादी केन्द्रकी चम्पा कार्की राष्ट्रियसभा सदस्यका उम्मेद्वार थिए । गठबन्धनबाट उम्मेद्वार भएकी कार्कीले ४९९२ मतभार प्राप्त गरेकी थिइन ।
कांग्रेस नेता सिटौला राप्रपाका उद्धव पौडेललाई ७३० मतले पछि पार्दै विजयी भएका हुन् । राप्रपाका पौडेलले ४५६२ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यतर्फ सिटौलाले २३८५ र स्थानीय तहतर्फ २९०७ गरि ५२९२ मत प्राप्त गरे भने पौडेलले प्रदेशसभातर्फ २४९१ र स्थानीय तहतर्फ २०७१ मत गरि ४५६२ मत पाए । सिटौला ७३० मतान्तरले बिजयी भएका छन् ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे ।
एमालेका पर्शुराम अधिकारीले एक सांसद र ५ स्थानीय तहका पदाधिकारीको मत पाए । उनको मत १४८ रहेको छ ।
राष्ट्रिय सभा सदस्यमा कोशीमा कांग्रेसबाट सिटौला र एमालेबाट कोइराला निर्वाचित



















