HomeFeatured 2सापकाेटाद्वारा लिखित `आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक

सापकाेटाद्वारा लिखित `आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक

काठमाडौँ११ माघ । सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेखेको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण गरिएको छ ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे ।
सो अवसरमा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक र वैचारिक प्रतिनिधित्व पनि हुने बताए । “विविधतायुक्त समावेशीतालाई अगाडि बढाउनुपर्छ, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति आवश्यक छ”, उनले भने।
आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण र कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय र सञ्चार माध्यममा पनि परेको बताए । समावेशी लोकतन्त्रको पाटो उल्टो बाटोमा जान लागेको बताउदै समावेशीकरणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सैद्धान्तिक पक्ष प्रष्ट पार्दै पुस्तकले सञ्चार क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामा समावेशीताको विषयलाई तथ्याङ्कीय रुपमा पुष्टि गरिएको बताए। “सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको दृष्टिकोणबाट पुस्तकमा अध्ययन भए पनि समाचारीय विषयवस्तुको समावेशी पक्षबारे अनुसन्धान हुन सकेन, विषयवस्तुका बारेमा पनि अध्ययन हुनुपर्छ”, उनले भने।

बिमला तुम्खेवा र नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले टिप्पणी गरेका थिए ।
पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत सङ्घसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सापकाेटाद्वारा लिखित `आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img