बिर्तामोड । अर्जुनधारा–६ स्थित विहानी टोलमा नवनिर्मित राजयोग पाठशालाको एकभब्य समारोहका बिच समुद्घाटन गरिएको छ ।
ब्रम्हाकुमारी राजयोग बिर्तामोडद्वारा सञ्चालन हुने राजयोग पाठशालाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र ब्रम्हाकुमारी राजयोग कोशी प्रदेश की सञ्चालिका गीता दिदीले सामुहिक रुपमा समुद्घाटन गरेका हुन् ।
भवन निर्माणका लागि स्थानीय दिपक प्रसाईले १० धुर जमिन प्रदान गरेका थिए ।
सो कार्यक्रममा जग्गादाता परिवारका श्रीमती सिता प्रसाई र आमा गोमा प्रसाईलाई सम्मान गरिएको थियो ।
ब्रम्हाकुमारी कविताले सञ्चालन गरेको कार्यक्रममा स्वागत रञ्जनाले गरेकी थिइन । अन्तराष्ट्रिय मोटिभेसनल प्रशिक्षक राजु घले, ब्रम्हाकुमारी राजयोग बिर्तामोडकी पूर्णिमा दिदी लगायतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, गीता दिदी, बिहानी टोल विकास संस्थाका अध्यक्ष गोपाल चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निवनिर्मित भवन उद्घाटनसंगै सोही ठाउँमा मोटिभेसनल प्रशिक्षक राजु घलेले चारदिनसम्म राजयोग प्रशिक्षण गर्ने बताइएको छ ।
ब्रम्हाकुमारी राजयोग बिर्तामोडद्वारा सञ्चालन हुने राजयोग पाठशालाको उद्घाटन

































































































