बिर्तामोड २४ मंसीर। ७५ औं मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा आयोजित प्रभातफेरि सम्पन्न भएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा सम्पन्न प्रभातफेरिमा विभिन्न मानवअधिकार संवद्ध संघसंस्थाका पदाधिकारी, प्रतिनिधि तथा गोमेन्द्र बहुमुखी कलेज, आदर्श स्कुल अफ म्यानेजमेन्ट लगायत शैक्षिक संघसंस्थाहरुका विद्यार्थीको सहभागिता रहेको थियो ।
बिर्तामोडस्थित हनुमान सेन्टरबाट शुरु भएको प्रभातफेरि बिर्तामोड नगर परिक्रमा गरी पुनः उही ठाउँमा आएर समापन गरिएको थियो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालको नेतृत्वमा भएको प्रभातफेरि समापनको सहजीकरण दिपक दासले गरेका थिए भने मानव अधिकारकर्मी विष्णु खरेलले मानवअधिकार सम्बन्धी महासन्धी र दैनिक बोलीचालीका क्रममा हुने मानवअधिकार हनन्का शब्द प्रयोगबारे जानकारी गराएका थिए ।
यस वर्ष आजकै दिन देशभर ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई दीगो बनाउँदै लैजाऊ’ भन्ने नाराका साथ ७५ औं मानवअधिकार दिवस मनाइदैछ ।
७५ औं मानव अधिकार दिवसको अवसरमा बिर्तामोडमा प्रभातफेरि

































































































