HomeFeatured 2पितृको स्मृतिमा श्रेष्ठद्वारा तीनधुर जमिन बराबरको चेक हस्तान्तरण

पितृको स्मृतिमा श्रेष्ठद्वारा तीनधुर जमिन बराबरको चेक हस्तान्तरण

बिर्तामोड असोज । लायन्स क्लब अफ बिर्तामोड लेडीकी द्वितीय उपाध्यक्ष आरती श्रेष्ठले सोह्र श्राद्धको अन्तिम तिथी औंसीका दिन दिवंगत भएका पितृहरुको स्मृतिमा भूमि दान गरेकी छन् ।
पितृको स्मृतिमा श्रेष्ठले मोरङको रतुवामाई नगरपालिका १० स्थित गोपेस्वर बाबाधामलाई तीन धुर जमिन बराबरको मूल्याङ्कन गरी ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
लायन्सका आइपीडिजी धिरज गुरुङको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गोपेश्वर बाबा धाममा ओमकार पत्ती प्रज्ज्वलनका लागि एकहजार पाला समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा रतुवामाई नगरपालिका वडा नं. १० का वडाध्यक्ष आशिष कार्की, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल सुवेदी, लायन्स क्लब अफ बिर्तामोड लेडीमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पितृको स्मृतिमा श्रेष्ठद्वारा तीनधुर जमिन बराबरको चेक हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img