Homeसमाचारखानेपानी उपभोक्ता तथा सरसफाई समितिको २१ औं परिषद भेला सम्पन्न

खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २१ औं परिषद भेला सम्पन्न

भद्रपुर ३० असोज । खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढी भद्रपुरको २१ औं परिषद भेला तथा साधारण सभा मंगलबार चन्द्रगढीमा सम्पन्न भयो ।
कोशी प्रदेश सासंद तथा निवर्तमान मन्त्री एकराज कार्की परिषद भेलाको उद्घाटन गर्दै सासंद कार्कीले प्रदेशमा स्थिर सरकार नहुँदा सो अनुरुप काम गर्न नसकिएको बताउदै संविधानको धारा १६८ को ५ अनुसार गठित बर्तमान सरकारले विश्वासको मत प्राप्त गर्न नसके मध्यावधि निर्वाचनको बिकल्प नरहेको बताए ।
उहाँले खानेपानी वितरणमा गरिब तथा असहाय जनतालाइ निः शुल्क पानी वितरण गर्नु पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले झापाका खानेपानी समितिहरु मध्य चन्द्रगढीले सबै भन्दा कम दर तथा छुटमा उपभोक्तालाई खानेपानी उपलब्ध गराएको बताउदै संस्थाले गरेका गतिविधिकाबारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले शुभकामना मन्तब्य राख्दै भने अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सचिव बाबुराम कार्कीले सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य सह सचिब भिमा दाहालले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखानेपानी उपभोक्ता तथा सरसफाई समितिको २१ औं परिषद भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img