चन्द्रगढी असोज । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको सभापतिमा ऋषि चापागाँई निर्वाचित भएका छन्।
सोमवार भएको निर्वाचनमा सभापतिका अर्का उम्मेदवार लता चापागाइ कार्कीलाई २५ मतले पछि पार्दै ऋषी चापागाँई विजयी भएका हुन्। खसेको २२९ मत मध्ये विजयी चापागाँईले १२२ मत प्राप्त गरे भने उपविजेता कार्कीले ९७ मत प्राप्त गरिन।
त्यस्तै ८ वटा आरक्षित सिटमा रिता खतिवडा, चन्दन कुमार महतो, राधिका कटुवाल, तुलामाया वन गिरी, विक्रम क्षेत्री दाहाल, दिनलाल माझी, मुन्नीवत्ती कार्की, भक्तवहादुर वस्नेत विजयी भएका छन् । आरक्षित सिटमा विजयी वस्नेत र परियारको वरावरी मत आएपछि गोला गर्दा बस्नेत विजयी हुनुभएको तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै ५ जना खुला सदस्यमा पवन श्रेष्ठ, गोपाल श्रेष्ठ, दिपक तिम्सीना, शान्तरत्न शाक्य र राजेन पौडेल निर्वाचित भएका छन् ।
नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको सभापतिमा ऋषि

































































































