भद्रपुर २४ असोज । झापाको भद्रपुरमा बुधवार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ । भद्रपुर नगरपालिका– २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
नालीमा डुबेको अवस्थामा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए । हात्ती मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए । ‘वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो,’ डीएसपी रिजालले भने, ‘नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन र त्यहाँ नै मृत्यु भयो उनले भने ।
घटनास्थलमा प्रहरी र डिभिजन वन कार्यालय झापाको टोली पुगिसकेको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आइरहेको छ । ‘घोप्टो परेकै अवस्थामा हात्ती छ, त्यसलाई चलाइएको छैन,’ डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले भनिन्’ चिकित्सकको टोली आएपछि पोस्टमार्टम गरिन्छ, अनि मात्र के कारणले हात्तीको मृत्यु भयो भन्ने खुल्छ उनले भने। झापामा अहिलेसम्म विभिन्न कारणले १८ वटा हात्तीको मृत्यु भइसकेको छ ।
भद्रपुरमा हात्ती फेला मृत फेला



















