HomeFeatured 2धुलो टक्टक्याएर स्वास्थ्य योजना पढ्न थापाको प्रधानमन्त्रीलाई आग्रह

धुलो टक्टक्याएर स्वास्थ्य योजना पढ्न थापाको प्रधानमन्त्रीलाई आग्रह

झापा १६ असोज । संघीय सांसद गगन थापाले स्वास्थ्यकर्मीमाथि अस्पतालमा हुने आक्रमणकारीलाई कारबाही गर्ने सम्झौताको कार्यान्वयन गर्न माग गरेका छन् ।
आज (मंगलबार) संसदमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुट्ने तथा दुर्व्यवहारका घटना न्यूनीकरणका लागि सरकारले स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउनुपर्ने सुझाव समेत राखे ।
स्वास्थ्यकर्मीसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरियोस्–सांसद थापाले भने–‘घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ, सम्झौताको कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्षसमितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाबारे सरकार र स्वास्थ्यकर्मीबीच भएको सम्झौता भएको २४ घण्टा नबित्दै फेरि आक्रमण हुनु गलत भएको उनको भनाइ थियो ।
सांसद थापाले स्वास्थ्य संस्थाको क्षमता नबढाइ हुँदै नहुने बताउँदै भने–‘प्रधानमन्त्री नै प्रधानमन्त्री हुनुभएको बेलामा हामीले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाएका थियौं‚ जसले नेपालको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता कसरी बढाउने भनेर विस्तृत योजना तयार गरेको छु’ थापाले थपे–‘एक पटक मम्त्रालयमा धुलो लागेर बसेको होला धुलो टक्टक्याएर पढ्न लागि प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2धुलो टक्टक्याएर स्वास्थ्य योजना पढ्न थापाको प्रधानमन्त्रीलाई आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img