सुरूङ्गा १६ असोज । कनकाई धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा सामाजिक व्यक्तित्व शेरबहादुर थापा बिजयी भएका छन् ।
आज साँझ सम्पन्न मतगणना अनुसार थापाले ५२३ र उनका प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँलले ३७६ मत पाएका छन् । संस्थाको नयाँ नेतृत्वका लागि असोज १५ गते (हिजो) निर्वाचन भएको थियो ।
अध्यक्षमा निर्वाचित भएसंगै नवनिर्वाचित अध्यक्ष थापाले आफूले प्रतिष्पर्धी उम्मेद्वारलाइ पनि संगसंगै लिएर अघि बढ्ने थापाले प्रतिक्रिया दिए ।
महासचिवमा दिनानाथ खतिवडा ४३५ मत ल्याएर बिजयी भएका छन ।



















