Homeसमाचारअध्यक्षको उम्मेद्वार बन्दा एमालेका तीन केन्द्रीय सदस्यको पद गुम्यो

अध्यक्षको उम्मेद्वार बन्दा एमालेका तीन केन्द्रीय सदस्यको पद गुम्यो

काठमाडौं १६ असोज । पार्टी बिधान बिपरित प्रदेश अधिवेशनमा उम्मेद्वार बनेका नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ ।
यसरी केन्द्रीय सदस्यको पद गुमाउनेमा कोशी प्रदेशमा अध्यक्षको उम्मेद्वार बनेका बिनोद ढकाल, बाग्मती प्रदेशमा प्रदेश अध्यक्षको उम्मेद्वार बनेका कृष्णप्रसाद दाहाल र लुम्बिनी प्रदेशको अध्यक्षका प्रत्यासी उम्मेद्वार हरि रिजालको केन्द्रीय सदस्यको पद गुमेको हो ।
एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले विधान अनुसार प्रतिनिधि छानिँदा नै भइरहेको पद जाने भए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकले प्रतिनिधि बन्नलाई छुट दिएको बताए । यद्यपी प्रदेशमा चुनाव लडेपछि भइरहेको पद स्वतः खारेज हुने व्यवस्था कायमै रहेको पोखरेलको भनाई छ ।
एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो । सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए ।
कोशी प्रदेशमा अध्यक्षका लागि बिनोद ढकाल र घनश्याम खतिवडाले प्रतिष्पर्धा गरेका थिए । निर्वाचनबाट खतिवडा विजयी भए । त्यस्तै बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले प्रतिष्पर्धा गरेका थिए । चुनावी प्रतिष्पर्धाबाट ढुङ्गेलले निर्वाचन जिते । उता लुम्बिनीमा
चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ । राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धा गरेका रिजालको पनि केन्द्रीय सदस्य पद गुम्न पुगेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअध्यक्षको उम्मेद्वार बन्दा एमालेका तीन केन्द्रीय सदस्यको पद गुम्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img