सुरूङ्गा १५ असाेज । कनकाइ धार्मिक विकास सस्थाको निर्वाचन सप्पन्न भएको छ । सोमबार सस्मपन्न निर्वाचनमा ११ सय २८ जना मदाता रहेको सस्थामा ९ सय २६ जनाले मतदान गरेका छन । विहान ८ बजेबाट सुरु गरिएको निर्वाचन दिउँस ३ बजे भित्रमा सम्पुर्ण मतदाता निर्वाचन परिसरहलमा प्रवेस गरीसकेको र ४ बजे सबै मतदाताहरुले मता गरिसकिएको निर्वाचन समितिले जनाएको छ । समितिको निर्वाचन तालिका अनुसार भोलि असोज १६ गते विहान ८ बजेबाट मत गरणाको प्रक्रिया अगाडि बडाइने समिती सदस्य रुपनारायण खतिवडाले बताउनु भयो । आगामी ३ वर्षे कार्याकालका लागि समिती चयनको प्रक्रियामा २ प्यानलबाट चुनावमा आ-आफ्नो टीम बनाएर चुनावमा हुमिएको थियो । सकृय ने.क.पा. एमाले, नेपाली काङ्ग्रेस, मावबादी केन्द्र, राप्रपा नेपाल र समाजाबादी नेपाल गरि ५ दलको सहमतिमा नरेन्द्रप्रसाद फुयालको नेतृत्वमा एक प्यानेल र स्वतन्त्र समूह भनेर सेरबहादुर थापाको नेतृत्वमा अर्को प्यानेल विछ प्रतिस्पर्धामा उभिएको थियो । त्यसरी गरि अर्का स्वतन्त्र भन्दै एक जना दुवै पक्षले आफुलाइ नाअटाएको भन्दै सचिव पदमा उम्मेदवार बन्नु भएको थियो । समितिमा ७ पदाधिकारी र १७ सदस्य गरि २३ जना निर्वाचित हुनु पर्नेमा राजनितिक दलहरुका तर्फबाट पुर्ण समिती र स्वतन्त्र तर्फमा ७ बदाधिकारी र ११ सदस्य गरि जम्मा जम्मा १६ जनाको टिम रहेको थियो । सुरुङा खानेपानी तथा सरसफाइ उपभोक्ता समुहको सवाहलमा मत गरणा हुने निर्वाचन समिती सम्योजक हरिप्रसाद तिम्सिनाले जानकारी दिनु भयो ।



















