विराटनगर १३ असोज । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व लिनका लागि दुईजनाले मनोनयन दर्ता गराएका छन् । एमालेको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको परेको निर्वाचन समितिले जनाएको छ ।
अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै (शनिवार नै) उम्मेद्वारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ । मतदान भने भोलि बिहान ११ बजेदेखि हुने समय तय गरिएको छ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरुसहित २१५ सदस्यीय कोशी प्रदेश कमिटीमा निर्वाचित गर्नेछ ।
एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए ।
एमालेको कोशी प्रदेशको नेतृत्वका लागि ढकाल र खतिवडाको उम्मेद्वारी

































































































