Homeसमाचारगिरीबन्धु टी स्टेटको फायल खोल्न दबाब दिंदै बिर्तामोडमा प्रदर्शन

गिरीबन्धु टी स्टेटको फायल खोल्न दबाब दिंदै बिर्तामोडमा प्रदर्शन

बिर्तामोड १३ असोज । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको फायल खोल्न सरकारलाई दबाब दिने उद्धेश्यले बिर्तामोडमा प्रदर्शन गरिएको छ । शनिबार नेकपा माओवादी केन्द्रले उक्त जग्गा प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिने उद्धेश्यले प्रदर्शन गरेको हो ।
केपी ओली सरकारले कम्पनीको नाममा रहेको उक्त जग्गा सट्टा भर्नाका लागि ऐन नै संशोधन गरेपछि ‘यो संविधानको प्रावधानसँग बाझिएको र यसमा नीतिगत भ्रष्टाचारको स्थिति रहेको’ भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले २०७८ फागुन २७ मा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । इजलासको अर्को पेसी असोज १७ लाई तोकिएको छ । उक्त अन्तरिम आदेश र सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जग्गा खरिदबिक्रीको चर्को चलखेल अघि बढिरहेको तथा जग्गा बिक्रीको बैना लिने काम अघि बढिरहेको छ । ओली सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा गिरीबन्धु टि स्टेटको नाममा रहेको ३३९ विगाह १९ कठ्ठा जग्गा सट्टा भर्नाका लागि ऐन नै संशोधन गराएका थिए ।
करोडौँको चलखेल भएको हुनसक्ने उक्त प्रकरणको अनुसन्धानका लागि दबाब दिने उद्धेश्यले प्रदर्शन गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिका अध्यक्ष मोहन सुब्बाले जानकारी दिए ।
प्रदर्शनपछि मुक्ति चोकमा आयोजित कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले यस प्रकरणको यथाशिघ्र छानबिन हुनुपर्ने माग गरे । उनले सरकारले राजपत्रमा प्रकाशित गरिसकेको मजदुरको न्यूनतम ज्याला कार्यान्वयनमा बगान सञ्चालकले आनाकानी गरिरहेकाले अबिलम्ब सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउन पनि आग्रह गरे ।
प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार विरुद्धको महाअभियान सफल पारौँ, गिरीबन्धु टी स्टेटको फायल तुरुन्त खोल, गणतन्त्रवादी एक होऔँ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान अन्तर्गत बिर्तामोड–५ ले प्रदर्शन आयोजना गरेको अभियान संयोजक अर्जुन पाण्डेले जानकारी दिए । कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य राजु चुडाल, अरुण श्रेष्ठ, श्यामबिर लिम्बु, अर्जुनधारा नगर अध्यक्ष नारद दुःखी, बिर्तामोड नगर कमिटि उपाध्यक्षहरु जनबहादुर जबेगु, कमलप्रसाद कडरिया, छाँया सिग्देललगायत विभिन्न वडाका संयोजक, पदाधिकारी, सदस्य तथा कार्यकर्ताको सहभागिता थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगिरीबन्धु टी स्टेटको फायल खोल्न दबाब दिंदै बिर्तामोडमा प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img