विर्तामोड १४ असोज । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भिष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ ।
बैठकमा पार्टी सचिव कृष्ण हुमागाईले प्रस्तुत गरेको जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवं भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संसोधनसहित पारित भएको छ ।
बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेले जवाफ दिएका थिए । कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराए ।
कांग्रेसको झापा जिल्ला सम्मेलन असोज २० मा



















