HomeFeatured 2बिर्तामोडमा रेविज विरुद्धको निःशुल्क खोप शुरु

बिर्तामोडमा रेविज विरुद्धको निःशुल्क खोप शुरु

बिर्तामोड १२ असोज । बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले आज (शुक्रबार) देखि सप्ताहव्यापी रेविज विरुद्वको खोप अभियान सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख मेघराज बाँस्तोलाले खोप अभियानको उद्घाटन गरे । वडा न. १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बाँस्तोलाले नगरका पशुपंछी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर खोपको उद्घाटन गरेका हुन्।
नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरी रेविज विरुद्वको खोप लगाइने छ । बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा वडामा आएको निःशुल्क सेवाबाट लाभ लिन सबैलाई आग्रह गरे।
बिर्तामोड नगरपालिकाले वर्ष भरि नै रेविज खोप निःशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछी तथा मत्स्य विकास शाखामा कुकुर बिरालालाई ल्याएर निःशुल्क लगाउने व्यवस्था रहेको अधिकृत राजेश अधिकारीले जानकारी दिए । कार्यक्रममा वडा नं. १० का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए । खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रम बहादुर चौधरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा रेविज विरुद्धको निःशुल्क खोप शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img