Homeसमाचारएनसिडिए झापाको अध्यक्षमा खड्का विजयी

एनसिडिए झापाको अध्यक्षमा खड्का विजयी

दमक १२ असोज । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा बिर्तामोडका औषधी व्यवसायी जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज (शुक्रबार) सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् ।
विजयी भएका खड्काले १५४ मत पाए भने अध्यक्षका अर्का प्रत्यासी प्रदिप खरेलले ११५ मत प्राप्त गरेका थिए । खड्का बिर्तामोडको त्रिशूल फर्माका सञ्चालक हुन् ।
त्यस्तै, १५१ मत प्राप्त गर्दै सचिवमा यज्ञराज कार्की विजयी भए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक नरेन्द्र बरालले जानकारी दिए ।
३६४ जना मतदाता रहेको संघको दोस्रो अधिवेशनमा २७६ मत खसेको निर्वाचन समितिका सदस्य राजेन्द्र चौँलागाईंले बताए ।
संघको दोस्रो कार्यकालका लागि अन्य पदमा भने सर्वसम्मत भएको थियो । बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका छन् ।
संघको महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भए।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धर्मेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैबीच, यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एप्पोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संघका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा साविक मेची अञ्चल शाखाका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष प्रदिप खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार खड्काले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएनसिडिए झापाको अध्यक्षमा खड्का विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img