Homeसमाचारउद्यमी पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य निर्वाचित

उद्यमी पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य निर्वाचित

भद्रपुर १२ असोज । झापाको भद्रपुर–६ मा स्थापित पराजुली ब्रदर्स एण्ड ग्यास उद्योगका सञ्चालक, झापा उद्योग वाणिज्य संघका विशिष्ट मानार्थ सदस्य एवम् नेपाल चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष, युवा उद्यमी आदित्य पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
त्रिशक्ति ग्यासका सञ्चालक उनी बुधबार काठमाडौंमा सम्पन्न संघको २८ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा पराजुली निर्विरोध निर्वाचित भएका हुन् । झापाका ग्यास उद्योगीहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा चयन भएको बताइएको छ ।
एक सफल युवा उद्यमीका रुपमा पनि परिचित पराजुली रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष, भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष एवम् भद्रपुर क्रिकेट संघका अध्यक्ष पनि हुन् । उनी यसअघि पनि नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य थिए ।
अधिवेशनबाट निर्विरोध निर्वाचित १५ सदस्यीय कार्यसमितिको अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल, महासचिवमा जीतबहादुर कार्की, सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जाजोदिया चयन भएका छन् भने सदस्यमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् । मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षेत्रीलाई सदस्यमा मनोनित गरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउद्यमी पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img