Homeसमाचारअर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख निलम्बन, स्पष्टिकरणका लागि ३ दिनको समय

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख निलम्बन, स्पष्टिकरणका लागि ३ दिनको समय

बिर्तामोड १२ असोज । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको हो ।
अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेत नगर अस्पतालकै स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसंग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको थियो ।
बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न भएको भिडियो भाइरल भएको थियो । अस्पतालकी एक कर्मचारीसँग बसेको अवस्थामा उनकी श्रीमतीले लछारपछार पारेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि बसेको अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेको हो । बैठकले बस्नेतसँग स्पष्टीकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।
त्यस्तै, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
बैठकले घटनामा जोडिएकी सरकारी कर्मचारीका विषयमा भने केही बोलेको छैन । उनी नगर अस्पतालमा कार्यरत घिमिरे थरकी महिला भएको बुझिएको छ ।
घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको थियो ।
नगरमा सिनियर अहेब (अधिकृत) बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।
स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालय पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देखिन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख निलम्बन, स्पष्टिकरणका लागि ३ दिनको समय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img