HomeFeatured 2चिल्ड्रेन हस्पिटलकोले मनायो प्रथम बार्षिकोत्सव

चिल्ड्रेन हस्पिटलकोले मनायो प्रथम बार्षिकोत्सव

बिर्तामोड १० असोज । बालबालिकाको स्वास्थ्य उपचार संवेदनशिलतालाई ध्यानमा राख्दै झापाको बिर्तामोडमा स्थापित चिल्ड्रेन हस्पिटलले प्रथम बार्षिकोत्सव मनाएको छ । बिर्तामोड–१ स्थित हनुमान नगरमा सञ्चालित हस्पिटलले बुधवार (आज) हस्पिटलमा एक कार्यक्रमका बीच बार्षिकोत्सव मनाएको हो ।
हस्पिटलकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सक संघ झापाका पूर्व अध्यक्ष डा. पिताम्बर ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।
हस्पिटलकी कार्यकारी प्रमुख डा. सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रममा डा. रुपक आचार्यले हस्पिटलले प्रदान गर्ने सेवा सुबिधा तथा एक बर्षको अवधिमा गरेका कार्य विबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. ठाकुर, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष सरु न्यौपाने, शारदा रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष कुमार भट्टराई, रेडक्रस सोसाइटी बिर्तामोड उपशमखाका अध्यक्ष मनोज अग्रवाल, बीरता लेडी जेसीज अध्यक्ष संगीता गिरीसहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चिल्ड्रेन हस्पिटलकोले मनायो प्रथम बार्षिकोत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img