HomeFeatured 2सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण हुने (भिडियोसहित)

सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण हुने (भिडियोसहित)

बिर्तामोड १० असोज । बिर्तामोड ४ स्थित सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण आयोजना हुने गरेको छ ।
जनश्रुतीको आधारमा झण्डै दुुईसय वर्ष पुरानो मानिएको पिपलको बोटको संरक्षण, संवद्र्धन गर्ने उद्देश्यले पुराण आयोजना गरिएको हो ।
२०८० सालको बडादशैंको शुरु हुनुअघि नौरथको अवसर पारेर नौदिने श्रीमद् भागवत देवीमहापुराण आयोजना गर्न लागिएको पुराण मूल आयोजक समितिकी अध्यक्ष हेमकला कट्टेलले बताइन् ।
अध्यक्ष कट्टेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महताराको प्रमुख आतिथ्यमा पुराणको घोषणा गरिएको छ । आगामी असोज २८ गतेदेखि सञ्चालन बडादशैंको महानवमीसम्म सञ्चालन हुने पुराणको प्रमुख अतिथि महताराले घोषणा गरेकी हुन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख महतारा, उपप्रमुख नगेन्द्र संग्रौला, विशेष अतिथि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य, बिर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष राहुल शर्मा, वडा नं.–६ का अध्यक्ष सूर्य कन्दङ्वा, हर्कलाल गिरी, गुरुभक्त न्यौपाने, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, चैतन्य मैनाली लगायतले शुभकामना मन्तव्य राख्दै ऐतिहासिक धरोहरको संरक्षण गर्नु सबैको दायित्व भएको धारणा राखे ।
पुराण आयोजक मूल समितिकी उपाध्यक्ष पार्वता खरेल विमलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश उपाध्यक्ष हरि तिम्सिनाले पारेका थिए भने महासचिव उमा शिवाकोटीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण हुने (भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img