HomeFeatured 2कोशी प्रदेशलाई मध्यावधीमा लानु हुन्न–कार्की

कोशी प्रदेशलाई मध्यावधीमा लानु हुन्न–कार्की

बिर्तामोड ६ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२, प्रदेश क र ख को संयुक्त सम्मेलनलाई विर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने आधार नदेखिएको बताउँदै संविधानको धारा–१६८ (५) बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो ।
‘कोशी प्रदेशलाई मध्यावधीमा लानु संविधानको मर्म र भावना विपरित हुन्छ’–नेता कार्कीले थप्नुभयो –‘अहिले अल्पमतले सरकार बनाएको तर बहुमतले सरकार चलाउन नपाइरहेको अवस्था छ । यो लामो समय रहँदैन।’
कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र र राष्ट्रियता कमजोर हुने बताउँदै नेता कार्कीले कार्यकर्ताबीचमा बृहत्तर एकता कायम गर्दै पार्टीलाई मजबुद बनाउन कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।


पर्यटन, जलस्रोत, कृषि र युवा जनशक्ति मुलुकको समृद्धिको आधार भएको बताउँदै नेता कार्कीले युवा जनशक्ति परिचालन गरेर आगामी १० बर्षभित्रमा एसियाकै धनी मुलुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता कार्कीले नेपालको अर्थतन्त्रले लय फेरिरहेको बताउँदै १० महिनासम्म धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेको दावी गर्नुभयो । मुलुकमा राजनीतिक परिवर्तन भइसकेको र अब सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धिका लागि दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएका नेता कार्कीले मुलुकको रुपान्तरण कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव हुने दावी गर्नुभयो ।
जिम्मेवारीका हिसावले जो जहाँ भएपनि पार्टी मजबुद बनाउन प्रत्येक कार्यकर्ताको भूमिका समान हुने बताउँदै नेता कार्कीले पार्टी एकतामा आँच आउने कार्य नगर्न/नगराउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले सरकार स्थायी पद नभएको बताउदै संविधान बमोजिम नै फेरि पनि मुख्यमन्त्री बन्ने अवसर आउने बताउँदै गर्व गर्न कार्यकर्तालाई आव्हान गर्नुभयो ।
बिचारले काङ्ग्रेस हुनेहरु काहीं नजाने बिश्वास ब्यक्त गर्दै भन्नुभयो– ‘घण्टी नयाँ हुन्जेल बज्छ, पुरानो भएपछि आफै बज्न छोड्छ । मुलुकमा काङ्ग्रेसको बिकल्प छैन ।’
झापामा काङ्ग्रेस कमजोर नभएको तर काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहाल्दा चुनाब हार्ने गरेको बताउदै नेता थापाले भन्नुभयो–“अब अनुशासनको कारबाही केन्द्रबाटै थाल्नुस् ।’
‘अनुशासन समितिले तलका कार्यकर्तालाइ कारबाही गर्छ तर अब केन्द्रबाट नै कारबाही थाल्नुपर्छ’– उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले काङ्ग्रेस कमजोर नभएको बताउँदै एक्लै चुनाब लडेर आवश्यकताका आधारमा सरकार गठनमा गठबन्धन गर्न सुझाव दिनुभयो ।
‘गठबन्धन गरेर अर्को दललाई उम्मेद्वार बनाउदा उक्त क्षेत्रको संगठन कमजोर हुँदोरहेछ’ नेता शिवाकोटीले भन्नुभयो–‘गठबन्धनको प्रभाव झापामा खासै देखिएन ।’
केन्द्रीय बैठकमा बादबिबाद हुनु स्वभाबिक भएपनी बादबिबाद बाहिर आउँदा कार्यकर्ता र जनतामा राम्रो सन्देश नजाने बताउँदै नेता शिवाकोटीले केन्द्र सङ्लिए तलका संगठन आफै सङ्लिने धारणा राख्नुभयो ।
नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले झापाका सवै वडा १४ पालिका, ८ वटा प्रदेशसभा क्षेत्र, ४ वटा क्षेत्रको सम्मेलन सकिएको जानकारी दिदै असोज १५ भित्रमा बाँकी रहेका तहगत सम्मेलन सकेर जिल्ला सम्मेलनको तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य र क्षेत्र ख का सभापति किरण श्रेष्ठले सांगठनिक एवं राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
मन्जु ओलीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन चन्द्र चुडालले गर्नुभएको नेपाली कांग्रेस कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी प्रदेशलाई मध्यावधीमा लानु हुन्न–कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img