भद्रपुर ६ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको २४ औ बार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएकोछ
साधारणसभाको कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले अधिकांस राजनीतिक दलहरुको समर्थनमा संविधान सम्मत दुई तिहाइ बहुमतले कोशी प्रदेशको नामाकरण गरिएको बताए।
पहिचानवादी तर्फ लक्षित गर्दै ९४ जात जाति भएको प्रदेशमा जातिय आधारमा प्रदेशको नामाकरण गर्दा थप जटिलता आउन सक्ने बताउदै पहिचानवादीलाई वार्तामा आएर समस्याको समाधान गर्न आग्रह गरे ।
मन्त्री कार्कीले सरकार गठनका लागि कांग्रेस माओवादी लगायतलाई समेत सहभागी गराएर मिलिजुली सरकार बनाउन आफूहरु तयार बताउँदै छलफल भइरहेको दावी गरे। कार्कीले निजामति कर्मचारीहरुका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
संस्थाका अध्यक्ष बशिष्ठ अधिकारीले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको शेयर पूँँजी एककरोड ७० लाख ७६ हजार पाँचसय रुपैयाँ रहेको बताउदै संस्थाका गतिविधका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री कार्कीलाई जन सेवामा उल्लेखनिय कार्य गरेको भन्दै सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन कोशी प्रदेश ईन्चार्ज लक्ष्मीप्रसाद गुरागाई, बचत तथा ऋण सहकारी संघका विपि भट्टराई, कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल लगायतले मन्तव्य राखेका थिए। अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नवराज पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष डिल्ली ढकालले गरेका थिए ।
मिलीजुली सरकारका लागि छलफल भइरहेको छ–मन्त्री कार्की

































































































