Homeसमाचारदमकको कदम थिएटरमा जयमाया आउँदै

दमकको कदम थिएटरमा जयमाया आउँदै

दमक ६ असोज । दमक ९ स्थित कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार इन्द्रबहादुर राईले कथा लेखेका थिए । सोहि कथालाई नाटकीकरण गरेर रंगकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरका पहिलो ब्याचका कलाकारहरुले अभिनय गर्दैछन् । नाटक यहि असोज १२ गते देखि हरेक साँझ ५ः१५ बजे कदम थिएटरमा मञ्चन हुनेछ । कदम थिएटरले गएको जेठ २४ गतेदेखि रंगमञ्चको आधारभुत कार्यशाला सञ्चालन गरेको थियो । सोहि कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफू मात्र लिखापानी आईपुगी’ को मञ्चन गर्नका लागि पूर्वअभ्यास भईरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए ।
देवान भन्छन्, यो नाटक हाम्रै परिवेसको नियती, बाध्यता र दुःखका कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्यथाभित्र कतै न कतै जयमायाहरु बाँचिरहेकै छन्, होलान् । पूर्वी नेपालका बेलडाँगी, पथरी शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।
यस नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नविन भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत र संचिता लामाले अभिनय गरेका छन् भने नाट्य आलेख रंगकर्मी सिजन दाहालले तयार पारेका हुन् । कदम थिएटरका कलाकार मनिक शंकरले मञ्च परिकल्पना गरेका छन् । कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्न सम्म आईपुग्दा मौषम राना राई, सुवास खरेल, चोमु शेर्पा खुशी “पाण्डेय”, सुमन कुईकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दिपक खरेल, मनिक शंकर लगायतले कार्यशालाको सहजीकरण गरेका थिए ।
कार्यशालाका मुख्य सहजकर्ता रंगकर्मी जीवन बरालका अनुसार यस कथालाई नाटकको रुपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतीलाई छुने गरि तयार पारिएको छ । निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रंगमञ्चमा काम गर्दै आइरहेका छन् भने, घामड शेरे, प्रेम गीत ३, महानगर, निरफूल, लगायतका एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरिसकेका छन् भने आधा दर्जन भन्दा बढी नाटकको निर्देशन गरिसकेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदमकको कदम थिएटरमा जयमाया आउँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img