Homeसमाचारमेचीनगरमा महिला सीप विकास केन्द्र सञ्चालनकाे तयारी

मेचीनगरमा महिला सीप विकास केन्द्र सञ्चालनकाे तयारी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तरर्गत महिलालाई लक्षित गरि “महिला सीप विकास केन्द्र” सञ्चालनको अन्तिम तयारीमा रहेको हो ।

नगरपालिकाले महिलाहरूलाई लक्षित गरी वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दुरीमा सुविधा सम्पन्न तीन तले भवन बनाएको छ । उक्त भवनमा अनभिज्ञ, विपन्न, विभेदित ग्रामीण महिलाहरूको विशेष अवस्थालाई ध्यानमा राखेर विकासका आम अवसरमा पहँुच स्थापना गर्ने उद्देश्यका साथ उनीहरुलाई सीप सिकाउँदै दक्ष बनाउँदैं आत्मानिर्भर बनाउने उदेश्यले सीप विकास केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यता करोडौंको लागतमा महिलाहरुलाई लक्षित गरी नगरपालिकाकै गौरवको योजनाको रुपमा महिला सीप विकास केन्द्र सञ्चालनमा आउनु स्थानीय सरकारको राम्रो कार्य रहेको स्थानीय गीता खड्काको भनाई छ । उनले महिला सीप विकास केन्द्रलाई नगरपालिकाले सञ्चालन गरेपछि मेचीनगरका सयौं महिलाहरु यस कार्यक्रमबाट लावान्भीत हुने बताईन् । त्यस्तै करोडौंको लागतमा महिला लक्षित बहुआयमिक योजना स्थानीय क्षेत्रमा नै सञ्चालन हुँन आट्नु नगरपालिकाको राम्रो कदम भएको स्थानीय लीला कट्टेल बताउँछिन् ।  

नगरपालिकाले कार्यविधि नै बनाएर महिला सीप विकास केन्द्र सञ्चालन गर्न लागेको छ । केन्द्रमा जेष्ठनागरिक महिलाहरुलाई पातको दुना टपरी, लाख बात्ती, लगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्रि वितरण गर्ने, त्यस्तै महिलाहरुको लागि कम्यूटर तालिम, आय आर्जनका विभिन्न सिपमुलक तालिम मायोको चिनो, सजावटका सामान, ब्याग, फुलदानी, लगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मानिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

खास गरी महिलाहरुको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा सिप र आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी नगरपालिकाले यस कार्यक्रमलाई अगाडी बढाएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताउँछिन् । उनले अहिले स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएको भएता पनि यसलाई अझ प्रभावकारी बनाएर अगाडी बढाउन प्रदेश र संघिय सरकारको पनि साथ र सहयोग लिने बताईन् । उनले धेरै भन्दा धेरै महिलाहरुलाई यस केन्द्र मार्फत लावन्भीत गराउने उदेश्य राखिएको र सोहि अनुरुप आफुहरु लागि परिरहेको बताउँछिन् । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीनगरमा महिला सीप विकास केन्द्र सञ्चालनकाे तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img