Homeसमाचारसंघीयता अनुरुप कांग्रेसका वडा समायोजन

संघीयता अनुरुप कांग्रेसका वडा समायोजन

विर्तामोड ३० कात्तिक । नेपाली कांग्रेसले संघीयता अनुरुप पार्टी संरचना बनाएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप यसअघि नै निर्वाचन, प्रदेश क्षेत्रीय समिति, नगर र गाउँ समितिका संरचना समायोजन गरिसकेको कांग्रेसले आज वडा समायोजन गर्दै संघीय संरचना अनुरुपका संरचना बनाएको हो ।
कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप नेपाली कांग्रेस झापाले पनि आज १३१ वटै वडामा वडा समिति समायोजन गरेको छ । केन्द्रीय समितिले सकेसम्म सहमतिमा सहमति नभएको अवस्थामा कार्यगत जेष्ठता, तत्कालीन वडाका क्षेत्रीय प्रतिनिधि, सक्रिय सदस्य को आधारमा सहमतिमै नेतृत्व चयन हुने गरी स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशिका–२०७६ जारी गरेपछि अधिकांश वडाहरुमा सहमतिमै नेतृत्व चयन भएको निर्वाचन प्रतिनिधिहरुले जनाएका छन् । यसअघि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउ÷नगर समितिमा पनि सहमतिमै नेतृत्व चयन गरिएको थियो ।
झापाका पाँचवटै निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहका सम्पूर्ण वडाहरुमा पार्टी समायोजन भइसकेको र अब संघीय संरचना अनुरुप नेतृत्व चयन भएपछि पार्टीका गतिविधि सञ्चालन सहज हुने क्षेत्रीय सभापतिहरुले जनाएका छन् ।
यसैबीच झापाको विर्तामोड नगरपालिका–१ मा नगेन्द्र बस्नेत, ३ मा प्रेम उप्रेती, अर्जुनधारा नगरपालिका–५ मा देवीनाथ खतिवडा, मेचीनगर–६ मा धनप्रसाद केरुङ चयन भएको सम्बन्धित वडाका निर्वाचन प्रतिनिधिले जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंघीयता अनुरुप कांग्रेसका वडा समायोजन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img