बुधबारे ३० कात्तिक। झापा बुद्धशान्ति–१ निवासी युवा पण्डित लक्ष्मीप्रसाद तिम्सिनाद्वारा अनुदित श्रीमद्भागवत महापुराण भक्तिरस भाषा टिकाको विमोचन गरिएको छ ।
बुद्धशान्ति–१ को जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा आयोजित एक समारोहका बीच धार्मिक व्यक्तित्व टीकाप्रसाद भट्टराईले पुस्तकको विमोचन गर्नुभएको हो ।
संस्कृत भाषाको सर्वमान्य ग्रन्थ श्रीमद्भागवत महापुराणका मुख्य–मुख्य कथाप्रसङ्गहरु समेटेर आम जनमानसले बुझ्ने नेपाली भाषामा अनुवाद गरी १ सय ६२ पृष्ठको पुस्तक पं तिम्सिनाले तयार पार्नुभएको हो ।
धार्मिक व्यक्तित्व पं बालकृष्ण चापागाईको सभापतित्व तथा धार्मिक व्यक्तित्व टीकाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति–१ नम्बर वडाका वडा सदस्य टीका धिमाल, पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेखककी श्रीमति प्रतिक्षा भट्टराई तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मोहन तिम्सिनाले गरेका थिए ।
अनुदित भागवत विमोचन

































































































