भद्रपुर ३ असोज । लेखापढी बचत तथा ऋण सहकारी संस्था भद्रपुर ८ को १३ औ बार्षिक साधारण सभामा सहकारीका उत्कृष्ठ सञ्चालक मुरारी न्यौपाने सहित ६ जनालाई सम्मान गरेको छ । न्यौपानेलाई करुवा सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा बुधबार आयोजित सभामा सहकारीका जेष्ठ सदस्य सोमप्रसाद पोखरेललाई दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बर्ष उत्कृष्ठ बचत कर्ता युवराज कार्की र लक्ष्मी कोइराला तथा ऋणी त्रिलोक भण्डारी र झरेन्द्र उप्रेतीलाई करुवा सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष महेशकुमार भट्टराई संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०८० को असार मसान्त सम्ममा ८९ लाख ३० हजार ६ सय रुपैयाँ शेयर पूँजीको कारोबार रहेको बताउनु भयो । प्रमुख अतिथि ओली मन्तब्य राखेको कार्यक्रमको अध्यक्षता भट्टराईले र सञ्चालन दल बहादुर थापा तथा स्वागत मन्तब्य गोबिन्द बुढाथोकीले राख्नु भएको थियो । सहकारीले बुधवार नै सम्पन्न सभाले निवर्तमान सचिव दलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरेको छ ।
लेखापढी सहकारीको १३ औ बार्षिक साधारण सभा

































































































