Homeमहिलातीजको मौलिकता र परिकारको पुस्तान्तरण जरुरी

तीजको मौलिकता र परिकारको पुस्तान्तरण जरुरी

सार्वजनिक रुपमा तीजको रौनक निकै अघिदेखि शुरु भएको देखिएपनि परम्परा, तिथी अनुसार भने आजदेखि मात्रै शुरु भएको छ । हिन्दू नेपाली महिलाहरुले मनाउँदै आएको तीज पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म मनाइन्छ । तीज भन्ने बित्तीकै टाढा भएका छोरीचेली दिदी बैनीलाई दाजु भाई लिन जाने र दर खुवाउने चलन परापूर्वकाल देखि चलेको छ । सानै उमेरमा बिबाह गरेर दिने र माईत आउनका लागि कति महिलाहरु तीज कुरेर बस्नुपर्ने हुन्थ्यो । दाजु भाईले चेलिबेटीका घरमा गएर ल्याउने चलनले गर्दा यो चाडले माइती र चेलीको बिचको माया स्नेह झनै गाडा बन्दै जाने, बिग्रेका सम्बन्ध छन् भने तीजले सम्बन्धमा सुधार ल्याउने पनि गर्दछ ।
जतिबेला घरमा बुहारीलाई खानेकुरामा छुट्याइन्थ्यो, बुहारीले काम मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो, कतिपय परिवारमा बुहारीले अन्य परिवारले खाएको खानेकुरा खानु हुँदैन, छुट्टै कमसल किसिमको खानेकुरा मात्र दिनुपर्छ र सकेसम्म काममा पेल्नुपर्छ, बाहिरी संसार हेर्न, देख्न र बुझ्न हुन्न, नयाँ लुगा लाउनु हुन्न भन्ने मान्यता राखिन्थ्यो–त्यो बेला तीजको यतिधेरै महत्व थियोकी चेलीले माइत जान पाउने तीज पर्खन पनि शताब्दी झैं लाग्थ्यो ।
परापूर्व कालमा भगवान शिवको आरधना गरी शिवजीलाई कुनै बाधा अर्चना नआओस् भन्ने कामनाका साथ हिमालय पुत्री पार्वतीले निराहार व्रत बसेर श्रीमानको दीर्घायुको कामनाका निम्ति लिएको ब्रतको चलन, आज पनि महिलाले आफ्ना श्रीमानको दीर्घायुका कामनाका निम्ती निराहार पानी पनि नखाई व्रत लिने चलन यथावत नै छ । स्वतन्त्रता र आनन्दले मनाउने यो तिज अन्य धर्म र जातिका महिलाहरले पनि मनाउन थालेका छन, यो राम्रो पक्ष पनि हो । तीजको महिमा अपार छ यसमध्ये तीज र तीजका खाद्यान्नका परिकारका बिषयमा आज आ–आफ्ना अनुभव हरु आइरहँदा मेरा बिचारहरु पनि पस्किन मन लागो ।
मैले जानेको दर म सानो हुँदा मेरी आमाले पकाएको दर र आजको दरमा धेरै भिन्नता देखिन्छ । दर खाने दिन, समय र परिकारमा पहिला र अहिलेमा धेरै भिन्नता देखिन्छ । मेरी आमाले पकाएको ढकने र अन्य परिकार ब्रतको अगिल्लो दिन राति खाइन्थ्यो । दर खाने दिन भन्ने बित्तिकै रमाइलो हुन्थ्यो । आमाले घ्युँ, चामल भुटेर बनाएको ढकने, तीजलाई भनेर बनाएको काक्राको खल्पी बारीमा फलेका तरकारी करेला र आलुको पक्कु, तामाको टुसा अनि यसमा आमाको माया प्रेमले मिसिएर भरिएको मिठास नै अर्काे हुन्थो ।
समयको रफ्तारसंगै आज १ महिना अघिदेखि मनाउदै आएको तीज कार्यक्रमको बद्लिदो स्वरुपसंगै खाने दिन, समय र परिकारहरु पनि परिवर्तन भएको छ । यसले तीजमा खाने परम्परागत परिकार दिन र समय महत्वलाई बिर्साएर अन्य परिकारलाई प्राथमिता दिंदै महिनौ देखि तीज कार्यक्रम चलिरहेको पाइन्छ । यसरी समयको रफ्तारसंगै परिवर्तन हँुदै दर खाने दिन, समय, परिकारमा परिवर्तन भएको छ । यसका आफ्नै बाध्यता होलान् । बाहिरी काम र जिम्मेवारीले माइत जान नपाएकाहरुका लागि यस्तो तीजले केही राहत पनि दिएको छ । नेतृत्व विकासका हिसाबले हेर्दा सकारात्मक मान्नुपर्छ ।
तर, झण्डै महिनादिन अघिदेखि होटेल र पार्टी प्यालेसमा, साथीभाईहरुसंग रमाईला नाचगान गर्दै होटल बनाइएका विभिन्न परिकारहरु पुलाउ मासु माछा खिर पकौडा सेलरोटी मिठाईका परिकार फलफुल इत्यादि खाँदै भिन्न तरिकाले मनाउदै गर्दा आधुनिक दरले वास्तविक दरलाई बिर्साउने त होइन ? साँचिन्नै भन्ने हो भने तीजको दर अब दन्त्यकथामा परिणत हुँदै जादैछ ,तपाईं हाम्रा नानीले ढकने के हो ? कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकेका छैनन । उनीहरुको जिब्रोमा ढकनेको स्वाद बसेको छैन । हामी पछिका पिडितहरुलाई दर के हो ?, के खाने ? कहिले खाने ? कुन समयमा खाने ? भन्ने तीजको मौलिक परिकार र सांस्कृतिक पक्ष रहला कि नरहला पर्ने खतरा बढेको छ ।
मिठो खाने राम्रो लाउने रमाइला गीतहरुमा माइती आएका चेलीहरु घरगाउका साथीहरु र आफन्तसंगको भेटघाट र रमाइलो गर्ने पहिलाको चलनसंगै आज घरतिर कै साथीभाई दिदी बहिनी आफन्तहरु मिलेर रमाइलो गर्ने चलन पनि पछिल्लो समय संगसंगै सामाजिक रुपमा सेवाभावले अनाथ असहाय बृद्धाश्रम, बाल आश्रम जस्ता ठाउँमा गएर तीज मनाउने बस्त्र बितरण गरेर रमाइला नाचगान गर्दै वहाँहरुका भावनासंग माया साटासाट गर्ने चलन पनि बढदै गै रहेको राम्रो पक्ष पनि । पछिल्लो समय तीजले जोडेको पाइन्छ । माइती नहुने चेलीहरुका लागि पनि तीजमा रमाउने अवसर यस्ता कार्यक्रमले जुराइ दिएका छन् ।
महिनौ अगाडिदेखि सामुहिक रुपमा विभिन्न संघ संस्था तथा समुहहरुले एउटै छातामुनी होटल, पाटी प्यालेसहरुमा नाच्दै विभिन्न परिकारका साथ तीज मनाउनाले खर्चिलो र भड्किलो देखिनुका साथै संस्कार तथा परम्परा बिर्सिएर घरमा खाने दर र त्यसको परिकार आज होटेल रेस्टुरेन्टमा पुर्याएर तीजको महिमा नै बिर्सिएर गइरहेको देखिन्छ ।
हुन त मान्छे जति नै आधुनिक भए पनि उसले जन्मसंगै ल्याएको संस्कार संस्कृति छोडन सक्दैन, परम्परागत मान्यता र बिधि नमर्ने गरी परिस्कृत गर्दै लैजानु आजको आवश्यकता हो । शिक्षित र सभ्य समाजका हामी सबैले अन्ध–बिश्वासलाई चिर्दै उल्लासमय संस्कारयुक्त उपलब्धि मुलक तीज मनाउदै जानका लागि पहल गर्नु पर्दछ । महिनौदेखि चिल्ला र स्वास्थ्यलाई असर पर्ने परिकारहरु खानु हँुदैन, दैनिक रुपमा दबाई सेवन गर्नुपर्ने अवश्यकता छ भने खाने कुरामा ध्यान दिनुपर्छ । प्रेसर सुगर जस्ता र अन्य रोगलाई बिचार गरेर खानामा विशेष ध्यान दिन जरुरी छ । यसै कारण पनि आफ्नो स्वास्थ्य र संस्कृति दुबै बचाउन जरुरी छ
निराहार पनि नखाई बस्दा स्वास्थ्यमा पर्ने असरसंग सचेत हुँदै , पानी फलफुल खान श्रीमानसंग अनुमति लिदै खाउ, आफ्नो स्वास्थ्यलाई बिचार गरेर व्रत बस्ने, तरिकालाई केही परिमार्जन गरेर बसौ, हाम्रो परम्परा र संस्कृतिलाई जोगाउदै दर खाने र तीज व्रत बस्ने कुरा दुबैलाई सगै बचाउदै लैजाऔं ।
अत्यमाः श्रीमतीले श्रीमानको दीर्घायुकोमा कामना सहित राख्ने व्रत श्रीमतीको दीर्घायुका निम्ती पनि राखिदिंदा अझै सुन्दर र समानता हुने थियो । सम्पूर्ण दिदी–बहिनी दाजुभाई आमा बुबा लाई सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने सबैमा तीज २०८० को महिलाहरुको महान पर्व तीजको हार्दिक शुभकामना ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलातीजको मौलिकता र परिकारको पुस्तान्तरण जरुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img