Homeसमाचारमौलिकता कायम राख्दै मनाइने तीज महिलाका लागि अवसर

मौलिकता कायम राख्दै मनाइने तीज महिलाका लागि अवसर

बिर्तामोड ३० भदौ । मौलिकतालाई कायम राख्दै तीज मनाए महिलाको नेतृत्व क्षमतामा विकास भएर जाने बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मेची सहकारी संस्था बिर्तामोड उपशाखा र कर्मचारीद्वारा आयोजित तीज मिलन कार्यक्रममा बोल्दै वक्ताहरुले तीजलाई भड्किलो नबनाई आत्मियता बाँड्दै मौलिक सांस्कृतिक परम्पराको संरक्षण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

उपशाखाकी संयोजक विष्णुकुमारी सिलवालको अध्यक्षता तथा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरुले सामाजिक सञ्जालका केही अशिष्ट दृश्यलाई देखेर तीज भड्किलो भयो भनेर आलोचना गर्नु सान्दर्भिक नहुने उल्लेख गर्दै तीजका सकारात्मक पक्षलाई पनि केलाउन आग्रह गरे ।
संस्कृतिका नाममा एकाध उछृङ्खलहरुको दृष्य हेरेर सबैलाई त्यही कोटीमा तुलना नगर्न सार्वजनिक रुपमा अपिल गर्दै वक्ताहरुले सामुहिक तीजले महिलालाई नेतृत्व तथा क्षमता विकासका लागि दिएको अवसरको पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य भिमा शिवाकोटी, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली खरेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कमला उप्रेतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन दुर्गा खनालले गरेकी थिइन भने कार्यक्रममा सहभागीले सामुहिक नाचगान तथा संगिनी समेत खेलेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमौलिकता कायम राख्दै मनाइने तीज महिलाका लागि अवसर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img