बिर्तामोड ३० भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बिश्वको राजनीति पूँजीबाद र साम्यबादको दुई ध्रुबमा बिभाजित भएको अवस्थामा बी पी कोइरालाले प्रजातान्त्रिक समाजबादको अवधारणा अघि सारेको बताएका छन् ।
साम्यबादमा जनतालाइ स्वतन्त्रताको अधिकार नहुने र पूँजीबादमा गरिब जनताको हित सुरक्षित नहुने देखेपछि विश्व समाजबादी नेता बी पी कोइराला र तत्कालीन जर्मन राष्ट्रपति विलियन्स फ्रेन्च ले प्रजातान्त्रिक समाजबादमा सबैको समुन्नति हुने देखेर बीचको बाटो अपनाएको स्पष्ट पारे ।
नेपाली काङ्ग्रेस बिर्तामोड नगर सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै युवा नेता पाण्डेले प्राकृतिक रुपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउदै निराश नहुन युवा पुस्तालाई आग्रह गरे।
अहिले उदाएका नयाँ पार्टीहरुको ऐतिहासिक पृष्ठभूमि र भविष्यको स्पष्ट कार्ययोजना नै नभएको बताउदै सहमहामन्त्री पाण्डेले खहरेको संज्ञा दिए । साथै खहरेका पछि नलाग्न काङ्ग्रेस कार्यकर्तालाइ आग्रह समेत गरे ।
नेपाली काङ्ग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, काङ्ग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा सभापति देउकुमार थेबे, झापा सचिव कृष्ण हुमागाइ, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सहभागीका तर्फबाट लगभग एकदर्जन बढीले सुझाव प्रस्तुत गरेको कार्यक्रममा औचित्यमाथी प्रकाश जलकुमार गुरुङले पारेका थिएभने आर्थिक प्रतिबेदन नगरका कोषाध्यक्ष पार्बता खरेल बिमलीले प्रस्तुत गरेकी थिइन् ।
नगरका उपसभापति सुर्य कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिनेश पराजुलीले गरेका थिए ।
प्राकृतिक रुपमै पार्टीमा पुरानो पुस्ता हट्छ–सहमहामन्त्री पाण्डे

































































































