बिर्तामोड २७ भदौ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लायन्स क्लब अफ स्मार्ट लेडीको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडमा आयोजित कार्यक्रममा शुभकामना राख्ने अधिकांस महिलाले तीज मनाउने अवधी छाेट्याउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आगामी दिनमा बिर्तामोड क्षेत्रमा क्रियाशील सबै संघसंस्थाहरुले एकैठाउँमा तीज मनाउन सके छोटो र सजिलो हुने धारणा राखे ।
परम्परामा जस्तो अहिले महिलाहरु पारिवारिक होचो अर्घेलोमा खासै नरहेको ठहर गर्दै अहिले महिलाहरुले स्वतन्त्र रुपमा हिड्न पाएको उनीहरुको भनाई थियो ।
तीजका नाममा लामो समयदेखि हुने नाचगान र रमझमले समाजमा राम्रो सन्देश नगएको बताउँदै आत्मियता साटासाट गर्नका सबै एकै ठाउँमा भेला भएर मनाउनेका लागि आह्रवान गरेका हुन् ।
लायन्स क्लब अफ बिर्तामोड लेडी र लायन्स क्लब अफ स्मार्ट लेडीका अध्यक्षद्वय निरू उप्रेती ओली र अञ्जु पाण्डे खड्काको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सकी डिष्ट्रिक गर्भनर फस्ट लेडी अनुषा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, रेखा गुरुङ, अजिता बराल, कविता लिम्बू, महिला मुक्ति आवाजकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, विर्तामाेड उद्योग बाणिज्य संघ अन्तरगतकाे उद्यमी महिला समूहकी अध्यक्ष तिलोत्तमा खत्री, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, डा. अर्चना यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा झण्डाको अभिवादन संगिता चिमरिया गरेकी थिइन् भने स्वागत लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली र धन्यवाद
लायन्स क्लब अफ स्मार्ट लेडीका अध्यक्ष अञ्जु खड्काले गरेकी थिइन् ।
लायन्स बिर्तामाेड लेडी र लायन्स स्मार्ट लेडीकाे संयुक्त तीज मिलन

































































































