Homeसमाचारनेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं २८ भदौ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।
त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएका नेम्वाङलाई लगत्तै शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img