HomeFeatured 2बाबाधाम दर्शनका अनौठा अनुभव

बाबाधाम दर्शनका अनौठा अनुभव

२०८० साउन २८ गते आइतबार विहानको ६ः३० बजे विर्ताबजारस्थित मेरो घरबाट हामी ६ जना बैधनाथ बाबा, बासुकीनाथ ज्योतिर्लिङ्ग र तारापीठ जयताराको यात्रामा निस्कियौं । साथमा म शोभा खड्का, अञ्जु खड्का, पार्वता गिरी, सुमी विष्ट र कल्पना दाहाल थियौं । साउन महिनाको अन्तिम सोमबार पारेर जल चढाउने लक्ष थियो । २ वटा साना गाडीमा ३/३ जना थियौं । ७ः१५ मा हाम्रो गाडी भारतको गलगलिया पुग्यो । त्यहाँबाट भारतीय नम्बर प्लेटको गाडी रिजर्भ थियो । भाई अखिलेश सहनी (जसले हामीलाई अघिल्लो बर्ष पनि बाबाधाम दर्शनमा पु¥याएर ल्याएका थिए)ले गाडीको गति बढाए । यात्रामा हामी नातेदार र साथीसंगी थियौं । त्यसैले होला हामीबीच यात्राका क्रममा झन् आत्मियता कसिएको थियो । केही यात्राका कुरा, केही ब्यवहारका कुरा, केही तितामिठा सम्झना, हासीमजाक र ठट्यौलीले बाटो कटेको चाल नै पाइरहेका थिएनौं । नारी स्वतन्त्रताको पूर्ण प्रत्याभूति पनि गरिरहेका थियौं हामी । सबै अत्यन्तै हर्षित र खुशी देखिन्थे ।


हाम्रो देशको तुलनामा भारत निकै विकसित मुलुकमै चिनिन्छ । ठूलो बाटो, बीचबीचमा फूल एवं बोटविरुवाको सुन्दरता, परिवर्तित एवं मनमोहक दृश्यले बाटो काटेको पत्तै पाइरहेका थिएनौं । विहान ६ः३० बजेदेखि ११ बजेसम्मको निरन्तर यात्रापछि हामी कटिहार पुग्यौं । भोक निकै लागिसकेको थियो । सहयात्री पार्वता दिदीले घरैमा ध्यूमा बनाएको चाम्रे, मूलाको अचार, साँधेको तोरीको गुन्द्रुक र आलु फ्राई बोक्नुभएको रहेछ । ‘भोक मिठो कि भोजन मिठो ?’ हामी त्यो छुट्याउन सकिरहेका थिएनौं । लाग्थ्यो–यति मिठो र स्वादिष्ट भोजन कहिल्यै खाइएको थिएन, उहाँको जति प्रसंशा गरेपनि कम लाग्ने । खानाको स्वाद लिदै हामीले उहाँलाई धन्यवाद दियौं । त्यो ठाउँमा ध्यू, खुवा, पेडा, पनिर लगायतका दुधका परिकारहरु अत्यधिक पाइन्छन् । दुधको परिकारका लागि प्रसिद्ध ठाउँ पनि हो त्यो । दुधैदुधमा बनाएको माटाको गिलासमा पाइने मट्की चियाको त झन् कुरै नगरौं । म चियाको पारखी नभए पनि साथीहरुले ६ पटकसम्म थपेको देख्दै आनन्दित भएँ ।
हामी अब सुल्तानगञ्जतिर बाटो लाग्यौं । जहाँबाट जल उठाएर बाबा बैधनाथ धाममा चढाइन्छ । ३ बजे हामी सुल्तानगञ्ज पुग्यौं । त्यहाँ ठूलो भिडभाड थियो । गंगानदीमा बाढी आएको रहेछ । पानी निकै धमिलो थियो । हामी गंगास्नानतिर लाग्यौं । गुरुजीलाई मोबाइल र पैसाको ब्याग कुर्न लगायौं । अनि गंगामा तीनपटक डुबुल्की मारेर निस्कदै सबैले प्रार्थना ग¥यौं । हे बैधनाथ बाबा हजुरको दर्शन गर्न हामी आउँदैछौं भन्दै मनमनै प्रार्थना गरी २ लोटा गंगाजल (पानी) गेरु बस्त्र धारण गरी जल संकल्प र गंगा आरती गरी हामी बाबाधामतिर लम्कियौं र रातको ८ बजे बैधनाथ नगरीमा पुगी होटल आदित्यमा विश्राम ग¥यौं । हामी एकापसमा छुट्टिने भन्दा पनि सँगै बस्ने चाहना अनुरुप त्रिपल बेड सिस्टमको २ वटा बेड भएको कोठा लिएर हामी बस्यौं ।
दोस्रो दिन हामी ८ बजे मात्रै दर्शनका लागि जानुपर्ने थियो । अघिल्लै दिन होटलवालाले पन्नासँग कन्ट्याक गरेर भि.आइ.पी. टिकट काटेका थियौं । ८ बजे पन्ना हामीलाई लिन आए । १ लोटा गंगाजल बोक्यौं, बेलपत्ता, पुष्प प्रसादहरु घरबाटै लगेका थियौं । ठूलो भिडभाड थियो, पन्नाहरु जताततै पैसाको बार्गेनिङ गरिरहेका देखिन्थे । अन्ततः हामी पनि जल संकल्पका लागि अर्को पन्नाको फेरीमा प¥यौं । उनले दर्शनका लागि लाईनमा पसाए । लगभग ४० मिनेट लाइनमा बसेपछि हामी बैधनाथ शिवलिङ्ग नजिक पुग्यौं । जसरी पहिलो बर्ष हामीले शिवलिङ्ग छोएर जलार्पण गरेका थियौं, त्यसरी नै यसबर्ष पनि शिवलिङ्ग छोएर जलार्पण गर्ने अवसर भने पाइएन । यसपटक पद्धति फेरिएको रहेछ–टाढैबाट जलार्पण गर्नुपर्ने, हामीले नि त्यसै ग¥यौं । अत्यधिक भिडका कारण प्रहरीको कुटाई र ठेलाठेल थियो ।

May be an image of 6 people, people smiling and car


हे भगवान ! कति टाढा टाढादेखि आस्था र विश्वास बोकेर, हजारौं रकम खर्च गरेर भगवानको दर्शनार्थ पुगेका भक्तजनले कति दुःख भोग्नुपर्ने ? त्यहाँ पुग्ने आम भक्तजनले भोग्ने पीडा उही हो– न त शिवलिङ्गको दर्शन ? न त जलार्पण ? के हामीले अर्पण गरेको पानी शिवलिङ्गसम्म पुग्यो होला र ? मन सन्तुष्ट नभए पनि हामी भीडबाट बाहिर निस्कियौं । भिडमा देउरानी शोभा र भतिजी कल्पना छोडिए । हामीले लगभग डेढघण्टा जति खोज्यौं । उनीहरु हामीलाइ खोज्ने, हामी उनीहरुलाई खोज्ने भइएछ । डेढघण्टासम्म खोजी गर्दा पनि नभेटेपछि हामी हार भएर होटल आदित्यतिर फर्कियौं । आशा थियो–अवश्य उनीहरु होटलमा नै आउनेछन् । निकै लामो प्रतिक्षापछि उनीहरु होटलमा आइपुगे । उनीहरुलाई होटल पत्ता लगाउन निकै मुस्किल भएछ । उनीहरुले भन्दा थाहा भयो–त्यस आसपासमा आदित्य होटल ६–७ वटा रहेछन् । केही खाजा, पानी, चिया खाएर हामी दोस्रो लोटा जलार्पणका लागि निस्कियौं–बाबा बासुकी नाथतिर । लगभग ४ बज्दा हामी बासुकीनाथ पुग्यौं । पन्नाहरुले टिकटको लागि पच्छ्याइरहेका थिए । हामी आफैं लाइनमा बस्यौं । अन्दाजी २ किलोमिटरजति घुम्यौं । त्यहाँ पनि भक्तजनको भीड थियो । बाबाधाममा जस्तै हामीले बाहिरैबाट जलार्पण ग¥यौं र लाग्यौं माता तारापीठ (जयतारा) तिर ।
साँझको ७ बजे तारापीठ पुगियो । एउटा होटलमा झोला विसाएर सामान्य चियानास्तापछि हामी माताको दर्शनार्थ मन्तिरतिर लम्कियौं । अत्यन्तै ठूलो भीड थियो । धेरै लामो लाईन, आफैं लाइन लाग्दा १२ बजे पनि पालो आउँछ कि आउँदैन ? जस्तो जोखिम देखेपछि त्यहाँ हामीले पन्नाको सहारा लियौं र ३०० सय रुपैयाँको दरले भि.आइ.पी. टिकट काटेर सटकट लाइनमा बसी माता ताराकालीको दर्शन ग¥यौं । भयङ्कर ठूलो मूर्ति भएको अत्यन्तै शक्तिशाली शक्तिपीठको रुपमा माता ताराकालीलाई लिइन्छ । वैदिक ग्रन्थहरुका अनुसार सत्यदेवीको अङ्ग पतन भएर उत्पत्ति भएको शक्तिपीठ नजिकै शंसानघाट कालो अँध्यारो हाटमा अघोरीहरुको तपस्या थियो भने गोलाकार भएर पुरुष र आदि महिलाहरु मुखमा माक्स लगाएका हवनादी गरिरहेका थिए । माता ताराकालीको नित्य पूजा र हवनादी कार्य हुँदोरहेछ । हामीले नजिकैबाट त्यसको अवलोकन ग¥यौं । त्यहाँ मसानको लागि वत्ती बाल्ने प्रचलन रहेछ । अर्को अनौठो चलन पनि रहेछ–त्यहाँ प्रत्येक दिन मुर्दा जलाउन ल्याउँदा रहेछन् । मुर्दा ल्याएर नजलाएसम्म माता ताराकालीको पूजा–अर्चना हुँदैन रहेछ, अनि भोग पनि नलाग्दो रहेछ । त्यहाँ माताको प्रसादको रुपमा स्पेशल रक्सीलाई लिइदोरहेछ । भक्तजनले नै भगवतीलाई प्रसादस्वरुप चढाउन रक्सीका बोतल बोकेर आउँदा रहेछन् । पूजाका सामग्रीसँगै रक्सीका बोतल बोकेको देखेर हामी आश्चार्यचकित भयौं । लगभग ११ बजेसम्म माता ताराकालीको दर्शन एवं आसपासको परिषर घुमघामपछि होटलमा आएर विश्राम लियौं ।
तेस्रो दिन विहान सबेरै नित्यकर्म सकेर हामी घर फर्कन तयार भयौं । चिया र विस्कुटको भरमा हिडेका हामी लगभग ११ः३० मा प्रदेशी होटलमा लन्च खायौं । अत्यन्तै राम्रो र सफा होटल खानाका परिकार अत्यन्तै स्वादिष्ट । भेजिटेरियन खाना खाएर हिडेका हामी लगभग ५ बजेतिर गलगलिया आइपुग्यौं । गाडीवाला अखिलेश सहनीलाई केही बक्सिस र धन्यवाद दिदै विदा दिएर हामी फेरि गाडी चढ्यौं । लगभग ६ बजे हामी घर आइपुगेका थियौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाबाधाम दर्शनका अनौठा अनुभव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img