भद्रपुर २३ भदौ । झापाको चन्द्रगढीमा ११० औं विपि जयन्तीको सन्ध्यामा विपिका राजनीतिक विचार एवं साहित्यिक विचारका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वि. पि. कोईराला स्मृति प्रतिष्ठान तथा प्रजातान्त्रिक विचार समाज झापाको संयुक्त आयोजनामा शनिवार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्द्घाटन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री तथा सांसद जीवन परियारले देशमा प्रजातन्त्र सहितको वि.पि.को समाजवादले गरिब जनताको पक्ष काम गर्न सकिने बताए । वि.पि.को समाजवाद आज पनि उतिकै सान्दर्भिक रहेको बताउदै नेता परियारले नेपाली कांग्रेसले आगामी दिनमा कुनै पनि योजना बनाउदा समाजवाद उन्मुख योजना बनाउनु पर्नेमा जोड दिए । पार्टी देशी बिदेशी शक्तिको घेराबन्दीमा रहेको बताउदै वि.पि.को प्रजातान्त्रिक समाजवाद अहिले पनि त्यतिकै अपरिहार्य रहेको धारणा राखे । भारतको स्वतन्त्र संग्राममा समेत लडेका वि.पि. सदैव गरिब जनताको पक्षमा उभिएको उल्लेख गर्दै वि.पि. दुरदर्शिताबारे चर्चा गरेका थिए। प्रजातन्त्र सहितको समाजवादले देशमा गरिबीको अन्त्य हुँदै जाने परियारको भनाई थियो । कार्यक्रममा नेता परियार संग का्ंग्रेस कार्यकर्ताहरु खगेन्द्र खरेल, गणेश गिरी, लता खरेल लगायतले पार्टी सुदृढीकरणका विषयमा सुझाव समेत राखेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रजातान्त्रिक समाज झापा अध्यक्ष चिन्तामणि दाहालले विपिको अवधाराणालाई जनस्तर सम्म पुर्याउनु पर्नेमा बताए । नेपाली कांग्रेशले गरिब र धनी विचको खाल्डोलाई कम गरी समानता ल्याउनु पर्ने बताए । कार्यक्रममा वि.पि. को साहित्यिक पृष्ठभूमिकाबारे साहित्यकार डा. ठाकुरप्रसाद पोखरेलले प्रकाश पारेका थिए। वि.पि. प्रतिष्ठान झापा अधयक्ष गोविन्द लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरत प्रसाईले गरेका थिए ।
वि.पि. जयन्तीमा वि.पि.बिचारको चर्चा

































































































